जनकल्याण माविमा सीसी क्यामरा

आदर्श समाज सम्वाददाता
भाद्र ४, २०७५

लमजुङ, ३ भदौ । लमजुङको एक सामुदायिक विद्यालयमा सिसिक्यामाराको निगरानीमा पर्ढाई संचालन गरिएको छ । सदरमुकाम बेसीशहर नगरपालिका-११, चितिस्थित जनकल्याण माध्यमिक विद्यालयमा सीसी टिभीको निगरानीमा पर्ढाई सुरु भएको हो ।

विद्यालय हातामा जडान गरिएको सीसी क्यामराको गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले उद्घाटन गरे ।

उनले दवाडीले विद्यालयको निगरानी, पारदर्शीता र शैक्षिक गुणस्तरका लागि सीसी क्यामरा आवश्यक भएको बताए । सीसी क्यामेराको उद्घाटनपछि विद्यार्थीले गर्ने गतिविधि, शिक्षक कतिखेर आउने जाने, विद्यार्थी टिफिनकै समयमा विद्यालय छाडेर भाग्नेजस्ता कार्यको निगरानी गर्न सहज हुने उनको भनाई छ ।

विद्यालय सयममा विद्यार्थीहरू अनुशासित भई मेहनतका साथ पढुन् र शिक्षकहरुले पनि पूरा समय उपयोग गरेर पढाउन् भनेर यस्तो कार्य गरिएको सो विद्यालयका प्रधानाध्यापक अशोककुमार श्रेष्ठले बताए । उनका अनुसार तत्कालीन जिल्ला शिक्षा कार्यालयको सहयोगमा सीसी क्यमरा किनेपनि अहिले मात्र ती क्यामरा विद्यालयमा जडान गरिएको हो ।

विद्यार्थीका साथै शिक्षकको निगरानी, विद्यालयको भौर्तिक संरचनाको सुरक्षार्थ सीसी क्यामरा जडान गरिएकासोृ कार्यका अध्यक्ष जोशीले बताए । उनका अनुसार यसले गुणस्तरीय शिक्षा प्रदान गर्न सहज हुनेछ ।

शिक्षाको स्तर खस्किदै गएको भन्दै शिक्षा क्षेत्रलाई अनुशासित, मर्यादित तथा शैक्षिक वातावरण निर्माणमा सहयोग पुग्ने उेद्देश्यका साथ विद्यालयमा सीसी टिभी क्यामेरा जडान गरिएको अध्यक्ष जोशीले बताए ।

उनका अनुसार विद्यालयको विभिन्न ८ स्थानमा सीसी टिभी क्यामरा जडान गरिएको छ । कम्पाउण्ड घेर्नेगरी विद्यालयको कक्षा १० का  कोठा, पुस्ताकालय, लेखा शाखा, कम्प्युटर ल्याब, तीन ठाउँमा सीसी क्यामरा जडान गरिएको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष शिवप्रसाद जोशीले बताए । उनका अनुसार अब केही समयपछि कक्षा १ देखि १२ कक्षासम्मका सबै कक्षा कोठामा सीसी क्यामरा जडान गरीने योजना छ ।

त्योसँगै विद्यालयमा विद्युतीय हाजिर पनि सञ्चालन गरिएको छ । अब शिक्षक समयमा नआउने, बिदामा बसेर पनि एकैपटक हाजिर गर्ने जमाना गए अध्यक्ष जोशी भन्छन ।

कक्षा १२ सम्म पर्ढाई भइरहेको विद्यालयमा हाल ४ सय जना विद्यार्थी अध्यानरत छन् । विद्यालयमा चालु शैक्षिक सत्र ०७५/०७६ बाट सिभिल इन्जिनियरिङ (ओभरसियर) को पठनपाठन सुरु गरिएको उनले बताए । सो विद्यालयमा बेसीशहर नगरपालिकाको चिती, दोर्दी गाउँपालिकाको नौथर, दुवार र माझीगाउँका विद्यार्थीहरू पढ्ने गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • गण्डकीका ४ सय ६७ स्थानमा डढेलो   

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    गण्डकी। गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब आठ हजार…
  • बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी निर्वाचित भएका छन् । उनी ११ हजार…
  • बिपिसीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    स्याङ्जा । गल्याङ् नगरपालिकामा स्थापित बुटवल पावर कम्पनी (बिपिसी) ले विद्युत महसुल बढाउने जानकारी गराउँदै स्याङ्जा सदरमुकाममा शनिबार सार्वजनिक सुनुवाई…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा, १६ वैशाख । क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति…
  • झोलाबाट अफिस चलाउँदै बाल संगठन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । अनाथ र सहाराविहीन बालबालिकालाई आश्रय दिने उद्देश्यले स्थापित नेपाल बाल संगठन कास्की आफैं आश्रयविहीन छ । पोखरा–३, नदीपुरस्थित…

hero news full width