नगरसभापति बराललाई पितृशोक

आदर्श समाज सम्वाददाता
श्रावण २७, २०७५

पोखरा, २६ साउन। नेपाल महिला संघ पोखरा महानगरपालिका सभापति माया बराललाई पितृशोक परेको छ। उनका पिता टेकबहादुर कार्कीको ८५ वर्षको उमेरमा शुक्रवार बिहान ४ बजे आफ्नै निवास पोखरा २०, भलाममा निधन भएको हो। उनी लामो समयदेखि दम रोगबाट पीडित थिए।

नेपाली काँ’ग्रेस क्रियाशील सदस्य तथा प्रजातन्त्र सेनानी स्व. कार्कीको शनिवार सेतीघाटमा अन्त्येष्टि गरियो। नेपाल प्रहरीले उनलाई सलामी चढाएको थियो।

यस्तै, काँग्रेसका केन्द्रीय आमन्त्रित सदस्य तथा सांसद कुमार खड्का, सांसद बिन्दुकुमार श्रेष्ठ, काँग्रेस नेतृ सरस्वती गुरुङ, काँग्रेस पोखरा नगर सभापति बजिरमान श्रेष्ठ, क्षेत्र २ का क्षेत्रीय सभापति माधव बास्तोला मधु लगायतले अन्तिम श्रद्धाञ्जली दिएका थिए।

नेपाल प्रहरीको हवल्दारबाट निवृत्त स्व. कार्कीका श्रीमती राधादेवी कार्की, २ छोरा तिलकबहादुर कार्की र नारायणबहादुर कार्की  तथा ५ छोरीहरु माया सहित गणेशकुमारी पौडेल, बुद्धदेवी कुँवर, लक्ष्मी केसी र हरिमाया कुँवर तथा नातिनातिना छन्।

Related News

सम्बन्धित समाचार

hero news full width