प्रतिनिधिसभा उपसभामुख डा. तुम्वाहाम्फेसँग अन्तक्रिर्या

आदर्श समाज सम्वाददाता
श्रावण ६, २०७५

पोखरा, ५ साउन । प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्वाहाम्फेले शनिबार गण्डकी प्रदेश सभाका सदस्यसँग अन्तक्रिर्या गर्नुका साथै प्रदेशसभा अवलोकन गरेकी छन् ।

प्रदेशसभाको कार्यव्यवस्था परामर्श समिति हलमा अन्तक्रिर्याका वक्ताले संघ र प्रदेशबीच आपसी समन्वय हुनुपर्नेमा जोड दिए । कार्यक्रममा राष्ट्रिय सभाका सांसद वृन्दादेवी राना सहित प्रदेशसभाका सांसदको उपस्थिति थियो ।

प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपसभामुख सिर्जना शर्मा र संचालन प्रदेशसभाका सचिव शम्भु खड्काले गरेका थिए ।

यस्तै प्रतिनिधिसभाका उपसभामुख डा. तुम्वाहाम्फेले प्रदेशसभा सहित पोखराका पर्यटकीय क्षेत्रको अवलोकन गरेकी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width