पोखरा, १ साउन । संगम बचत तथा ऋण सहकारी संस्था लि, रामबजारद्वारा आयोतिज पोते, कृष्टल र मोतिद्वारा निर्मित हस्तकला तालिम सम्पन्न भएको छ ।
सहभागीलाई तालिम समापनमा प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथि वडा १५ का वडाध्यक्ष प्रकाश पौडेलले तालिमलाई व्यवहारिकतामा उतार्न सबैलाई आग्रह गरे।
उनले आफू पनि संगम सहकारीको स्थापनाकालदेखिकै सदस्य भएको सदस्य स्मरण गर्दै संगमका हरेक गतिविधि प्रशंसनीय रहेको बताए। सहकारी अध्यक्ष नीरज थापाले संगमको इतिहासमै यो तालिमको विशेष महत्व भएको र यस तालिमले आफू बढी खुशी भएको बताए । उनले महिलाबाट माग भई आएमा यस्ता सीपमूलक तालिम फेरि पनि सञ्चालन गर्ने बताए। प्रशिक्षार्थी सम्झना पौडेल -गौतम) ले तालिमले हातमा सीप, दिलमा आत्मीयता र दिमागमा मित्रता बढाएको बताइन्।
शिक्षा तथा तालिम उपसमितिको सहयोगमा महिला उपसमितिद्वारा आयोजित तालिममा प्रशिक्षार्थीको माग बमोजिम २ दिन थप गरिएको कार्यक्रम संयोजक विष्णुकुमारी थापाले बताइन्। कार्यक्रममा धनराज पुरी, धुवादेवी श्रेष्ठले पनि बोलेका थिए। निर्धारित सातदिने तालिम प्रशिक्षार्थीको मागमा २ दिन थप भएको थियो । तालिम प्रशिक्षक कल्पनादेवी आचार्य थिइन्।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
hero news full width
मुख्य समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१