योङग लिभिङ्ग फाउण्डेसनको सहयोग

आदर्श समाज सम्वाददाता
जेठ २४, २०७५

खैरेनीटार, २३ जेठ। अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्था यो· लिभि· फाउण्डेसनले तनहुँका विभिन्न विद्यालय, आमा समूह, सहकारी लगायत सामाजिक संघ-संस्थालाई भौतिक निर्माणमा करिब १० करोड आर्थिक सहयोग गर्ने जनाएको छ ।

प्रदेशसभा सदस्य आशा कोइरालाले आफू महिला तथा बालबालिका मन्त्री हुँदा फाउण्डेसनलाई गरेको अनुरोधले साकार रुप लिन लागेको बताउँदै उद्देश्यअनुरुप कार्यलाई समयमा नै सम्पन्न गर्न सुझाव दिइन् ।

उनले योजना तनहुँमा ल्याउनको लागि सहयोग गर्ने सुवास सिं र दिनेश गौतमको योगदानलाई पनि बिर्सन नहुने बताइन् ।

फाउण्डेसनका कार्यकारी निर्देशक ग्रेग लार्सेनले जिल्लाका शुक्लागण्डकीस्थित नवज्योति सामुदायिक आमा समूह, खैरेनीटार महिला विकास सहकारी संस्था, गाउँ फकोर्दय मावि शुक्लागण्डकी, सरस्वती नमूना मावि, जनकल्याण मावि, बेलचौतारा, पञ्चमूनिदेव मावि, आधारभूत मावि, छब्दी मावि, शुक्ला आधारभूत विद्यालय, तालवेशी माविलाई भौतिक निर्माणमा सहयोग गर्ने बताए ।

यस्तै, खैरेनी मावि, मस्र्या·दी सामुदायिक आधारभूत विद्यामन्दिर, आँबुखैरेनी गाउँपालिका-१, समस्तीपुर, चन्द्रोदय आधारभूत विद्यालय, बन्दीपुर गाउँपालिका-५, याम्पा, मित्रता मावि, आँबुखैरेनी, पवित्रा माध्यमिक विद्यालय, बन्दीपुर, महेन्द्र मावि, म्याग्दे र राधा मावि, म्याग्दे लगायत १७ वटाको भौतिक निर्माणमा सहयोग गरिनेछ ।

ग्रेग लार्सेनले डीगेरी यो· संस्थापक रहेको आफ्नो संस्था यो· लिभि· फाउण्डेसनले नेपालमा भूकम्प गएपछि नेपालको सामाजिक क्षेत्रमा कार्य गर्दै आएको र दोलखाको मैना पोखरीमा फामस नामक गैह्र सरकारी संस्थासँग सहकार्य गरि ९९ वटा घर निर्माण गरि भूकम्प प्रभावितलाई बुझाइसकेको जनाए।

सो अनुभव आधारमा पूर्व महिला तथा बालबालिका मन्त्री समेत रहेकी प्रदेश सदस्य कोइरालाको अनुरोध तथा पहलमा सहयोग गर्न आएको पत्रकार सम्मेलनमा जनाइयो ।

ग्रेग लार्सेनले यो· लिभि· इसेन्सियल वेल र संसार भरि रहेका आफ्ना सदस्य मार्फत रकम संकलन गरेको र सडकबाट नजिक तथा अति आवश्यक विद्यालयबाट करिब २ महिनामा कामको थालनी गरि २ वर्षभित्र योजना सम्पन्न गर्ने जनाए।यो· लिभि· फाउण्डेसनका कन्टि्र डाइरेक्टर सुवास सिंले फाउण्डेसनको फिल्ड को-अर्डिनेटर रोजिना सिजापति रहेको तथा योजना कार्यान्वयनमा ल्याउन दिनेश गौतमले सहजकर्ताको काम गरिरहेको बताए ।

विभिन्न विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रतिनिधि, राजनीतिज्ञ, समाजसेवी लगायतको उपस्थिति रहेको कार्यक्रममा पत्रकार कमलमोहन घिमिरे, राजन उपाध्याय, राजकुमार आले लगायतले जिज्ञासा राखेका थिए।

Related News

सम्बन्धित समाचार

  • गण्डकीका ४ सय ६७ स्थानमा डढेलो   

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    गण्डकी। गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब आठ हजार…
  • बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी निर्वाचित भएका छन् । उनी ११ हजार…
  • बिपिसीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    स्याङ्जा । गल्याङ् नगरपालिकामा स्थापित बुटवल पावर कम्पनी (बिपिसी) ले विद्युत महसुल बढाउने जानकारी गराउँदै स्याङ्जा सदरमुकाममा शनिबार सार्वजनिक सुनुवाई…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा, १६ वैशाख । क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति…
  • झोलाबाट अफिस चलाउँदै बाल संगठन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । अनाथ र सहाराविहीन बालबालिकालाई आश्रय दिने उद्देश्यले स्थापित नेपाल बाल संगठन कास्की आफैं आश्रयविहीन छ । पोखरा–३, नदीपुरस्थित…

hero news full width