स्थानीय तहलाई सहकारी अभिलेख

आदर्श समाज सम्वाददाता
जेठ १८, २०७५

लमजुङ, १७ जेठ । लमजुङमा रहेका सहकारी संस्थाहरू स्थानीय तहमा हस्तारण प्रक्रिया शुरू भएको छ । सहकारी डिभिजन कार्यालय दमौलीले नेपालको संविधान २०७२ मा उल्लेख भएबमोजिम संघ, प्रदेश र स्थानीय तहलाई सहकारी संस्थाको अभिलेख हस्तारण प्रक्रिया अगाडि बढाएको हो ।

जिल्लास्थित ३ स्थानीय तहलाई ती संस्था अभिलेख हस्तारण गरेको हो । जिल्ला सदरमुकाम बेसीशहरमा आयोजना गरिएको एक कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले क्होलासोंथार गाउँपालिकाका अध्यक्ष प्रेम घले र दोर्र्दी गाउँपालिकाका उपाध्यक्ष दिलबहादुर घलेलाई अभिलेख हस्तान्तरण गरे ।

क्हांेलासोथरका १२, दूधपोखरीका २३ र दोर्र्दी गाउपालिकाका २८ सहकारी संस्थाको अभिलेख हस्तारण गरिएको सहकारी डिभिजन कार्यालयका अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार जिल्लाका ४ वटा नगरपालिका र मस्र्याङ्दी गाउँपालिकाको समेत अभिलेख केही दिनमै हस्तान्तरणको तयारी भइरहेको छ। उनले एक स्थानीय तहभन्दा वढीमा कार्यक्षेत्र रहेका सहकारीहरुको दर्ता र नियमन भने प्रदेश सरकारले गर्ने बताए ।

लमजुङका ६३ सहकारीको अभिलेख भने प्रदेश सरकारलाई वुझाउने सहकारी निरीक्षक यमबहादुर रानाले बताए । उनका अनुसार लमजुङमा कूल ३ सय २१ सहकारी संस्थाहरू सञ्चालित छन् । तीमध्ये बेसीशहर नगरपालिकामा ४८, सुन्दरबजार नगरपालिकामा ४७, रागिनास नगरपालिकामा ३७, मध्यनेपाल नगरपालिकामा ३२ सहकारी संस्थाहरु छन् । यसैगरी, मस्र्याङदी गाँउपालिकामा ३१ वटा सहकारी संस्था संचालित छन् ।

अबका दिन सहकारी दर्ता, नियमन, अनुगमनका साथै प्रवर्द्धनका कामसमेत स्थानीय तहबाटै हुने सहकारी अधिकृत शर्माले जानकारी दिए । उनका अनुसार डिभिजन कार्यालय, दमौली तनहुँले अहिले चार जिल्लाका १ हजार १ सय ६७ सहकारी संस्थाको नियमन गर्दै आएको छ ।

सो अवसरमा स्थानीय तहका जनप्रतिनिधिहरूलाई सहकारी ऐनबारे जानकारी गराइएको थियो । जिल्लास्थित ८ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष उपाध्यक्ष तथा प्रशासकीय अधिकृतहरूलाई सहकारीको अवधारणा र सहकारी ऐन २०७४ का व्यवस्था तथा नियमावलीबारे जानकारी गराइएको सहकारी डिभिजन कार्यालयका अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार मुलुक संघीय प्रणालीमा प्रवेश गरेसँगै सहकारीका काम स्थानीय तहबाट सम्पादन हुने भएपछि स्थानीय जनप्रतिनिधिलाई सहकारी ऐन, कार्यक्रम र नीति नियम तथा नियमावलीका बारेमा अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

Related News

सम्बन्धित समाचार

  • गण्डकीका ४ सय ६७ स्थानमा डढेलो   

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    गण्डकी। गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब आठ हजार…
  • बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी निर्वाचित भएका छन् । उनी ११ हजार…
  • बिपिसीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    स्याङ्जा । गल्याङ् नगरपालिकामा स्थापित बुटवल पावर कम्पनी (बिपिसी) ले विद्युत महसुल बढाउने जानकारी गराउँदै स्याङ्जा सदरमुकाममा शनिबार सार्वजनिक सुनुवाई…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा, १६ वैशाख । क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति…
  • झोलाबाट अफिस चलाउँदै बाल संगठन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । अनाथ र सहाराविहीन बालबालिकालाई आश्रय दिने उद्देश्यले स्थापित नेपाल बाल संगठन कास्की आफैं आश्रयविहीन छ । पोखरा–३, नदीपुरस्थित…

hero news full width