पोखरा, १० वैशाख । आठौं राष्ट्रिय ट्रायथोलन प्रतियोगिता पोखरामा हुने भएको छ । कास्की जिल्ला ट्रायथोलन संघको व्यवस्थापनमा नेपाल ट्रायथोलन संघले १५ वैशाखमा सो प्रतियोगिता गर्न लागेको पोखरामा सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका जिल्ला अध्यक्ष सुमन देवकोटाले जानकारी दिए । खेलाडीले स्प्रिन्ट विधामा फेवातालमा ७ सय ५० मिटरको पौडी खेली बाराहीघाटदेखि मुस्ताङचोकसम्म चार ल्यापको २० किमी साइक्लिङ र ५ किमी दौड तथा दुवाथलनअन्तर्गत ५ किमी दौड २० किमी साइक्लीङ र २.५ किमी दौड गर्ने छन् । सो खेलबाट इण्डोनेशियाको जार्कातामा हुने १८ औं एशियाली खेलकुदका लागि समेत खेलाडी छनौट गरिने भएको छ । खेलमा १ सय जना खेलाडीको सहभागिता रहनेछ । जसमा १५ जना महिला खेलाडी रहनेछन् । खेल सम्पन्न गर्न करिब ८ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । अध्यक्ष देवकोटाले राष्ट्रिय गौरवको रुपमा रहेको ट्रायथोलन खेल विकासको पहल भइरहेको बताउँदै पोखरामा राष्ट्रिय ट्रायथोलन एकेडेमी स्थापनाका लागि अध्ययन गर्न राखेपले २५ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिए । उनले पुम्दीभुम्दीमा एकेडेमी स्थापनाका लागि जग्गा खोजी भइरहेको समेत जानकारी दिए । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेलले सागमा नेपालले यो खेलबाट स्वर्णपदक पाउने विश्वास व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
स्पोर्ट्स अवार्डलाई सहयोग आउने क्रम जारी
विद्यालय स्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट सुरु
पोखरामा एसिया कप ट्रायथलन: इजिप्टका इसमाइल र आइसल्यान्डका इडालाई उपाधि
गण्डकी प्रदेश स्क्वास ¥याकेट संघमा रञ्जित
खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी
hero news full width
मुख्य समाचार
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१