बालबालिकालाई शैक्षिक सामग्री

आदर्श समाज सम्वाददाता
वैशाख १, २०७५
help Saikshik Samagri Bitaran

पोखरा, ३० चैत। श्रमिक बालबालिकालाई पोशाक तथा झोला र शैक्षिक सामग्री वितरण गरिएको छ। पोखराका विभिन्न घरमा बालश्रमिकका रुपमा काम गर्दै आएका र श्रमिक बालबालिकाको सर्म्पर्क केन्द्रमा अध्ययनरत १५ जना बालबालिकालाई पोशाक, झोला र शैक्षिक सामग्री वितरण गरिएको हो।

पोखरा लेखनाथ महानगरपालिका र पोखरा उद्योग वाणिज्य संघको सहयोगमा श्रमिक बालबालिकाको सर्म्पर्क केन्द्र व्यवस्थापन समितिले सहयोग गरेको सो सामग्री पोखरा ६ का वडा अध्यक्ष जगतबहादुर पहारीले हस्तान्तरण गरे ।

कार्यक्रममा वडा सदस्य राममाया बिक, तालबाराही मावि व्यवस्थापन समितिका अध्यक्ष परशुराम पहारी, विद्यालय प्रधानाध्यापक भद्रकाली लामिछाने, नेपाली काँग्रेस वडा ६ का वडा इकाइ सभापति बलराम गिरी, राप्रपा प्रतिनिधि गणेशबहादुर ढकाल, पोखरा उद्योग वाणिज्य संघ बाल न्यूनीकरण कार्यक्रम अधिकृत प्रीति पाण्डे, स्वयंसेवक संयोजक धर्मराज खड्का, शिशु स्याहार केन्द्रका सूर्यनाथ पहारी र पोखरा महिला पर्यटन व्यावसायी मञ्चकी सचिव उमा भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए।

श्रमिक बालबालिकाको सर्म्पर्क केन्द्र व्यवस्थापन समितिका अध्यक्ष मंगलबहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रकी शिक्षक राममाया नेपालीले स्वागत र सहयोग समिति सदस्य विष्णुहरि अधिकारीले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width