भूपू सैनिकको क्यालेन्डर विमोचन

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०७४
hemja callender photo

हेमजा,  १७ चैत । भारतीय भूपू गोर्खा सैनिक कल्याणकारी समिति हेमजाले शनिबार २०७५ सालको क्यालेन्डर विमोचन गरेको छ ।

भूपू सैनिक गोर्खा व्रि्रेड पोखराका अध्यक्ष क. कमानसिंह गुरुङले उक्त क्यालेन्डर विमोचन गरेका हुन ।

उनले भारतीय भूपू गोर्खा सैनिकको एकतामा जोड दिँदै एकताले नै संगठन मजबुत हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा भारतीय भूपू गोर्खा सैनिक कल्याणकारी समितिका जिल्ला अध्यक्ष सु.मे. हेमप्रसाद गुरुङ, जनमोर्चा हेमजाका अध्यक्ष तमबहादुर रोक्का, समाजसेवी मधुसुदन त्रिपाठी, गौरीशंकर क्याम्पसका  क्याम्पस प्रमुख ओमबहादुर कुँवर, सिएलसी हेमजाकी अध्यक्ष विष्णुकुमारी श्रेष्ठ, विज्ञापन दाताको तर्फबाट  रामबहादुर विक, शेयर सदस्य बिन्दु केसी लगायतले बोलेका थिए ।

प्रकाशन समितिका संयोजक सुवेदार दानबहादुर भुजेलले सबैको सहयोगबाट पहिलो पटक भारतीय भूपू गोर्खा सैनिक कल्याणकारी समिति हेमजाले क्यालेन्डर प्रकाशन गरेको जानकारी दिँदै संस्था विशुद्घ गैर राजनीतिक भएको चर्चा गरे । त्यस अवसरमा आजीवन सदस्यता समेत वितरण गरिएको थियो ।

सैनिक कल्याणकारी समितिका उपाध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रकाशन समितिका संयोजक दानबहादुर भुजेलले स्वागत तथा कार्यक्रमको सञ्चालन सचिव अम्वरबहादुर जिसीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    विजय नेपाल वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…
  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…

hero news full width