पोखरा, १२ चैत।पोखरा फाइनान्सले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। फाइनान्सले आफ्नो २१ औं वाषिर्कोत्सव साताव्यापी मनाउने क्रममा उक्त वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो।
शनिबार माछापुच्छे्र गाउँपालिकाको लाहाचोकमा सम्पन्न उक्त कार्यक्रममा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए।
चुक्ता पुँजी रु ६५.५७ करोड रहेको यस वित्तीय संस्थाले जारी गरेको हकप्रद शेयर चैत्र ७ गते बाँडफाँड गरि अवितरित हकप्रद शेयरको लिलाम बिक्रीका लागि चैत्र १८ गतेदेखि चैत्र २५ गतेसम्म आवेदन दिन सकिनेे फाइनान्सका प्रमुख कार्यकारी अधिकृत गुरुङले बताए।
उक्त लिलाम बिक्री वितरण तथा आ.व. २०७३/०७४ को प्रस्तावित बोनस नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात् संस्थाको चुक्ता पुँजी रु ८१ करोड ६४ लाख कायम हुने बताइएको छ।
वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सर्वसाधारणमा बैंकिङ पहुँच पुर्याउने हेतुले मिडिया इन्टरनेसनलद्वारा आयोजित बैंकिङ बिमा एक्स्पोमा समेत आफ्नो सहभागिता जनाएको छ।
Related News
सम्बन्धित समाचार
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
hero news full width
मुख्य समाचार
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१