काठमाडौँ, ९ फागुन । दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट प्रतियोगिताको अक्सनमा करण केसी, आरिफ शेख, वसन्त रेग्मी तथा सागर पुन सबैभन्दा महँगो खेलाडीको रुपमा बिक्री भएका छन् ।
ती चारैजना खेलाडी छुट्टाछुट्टै टोलीमा रु एक लाख ५० हजारमा विकेका हुन् । केसी र शेखलाई महेन्द्रनगर युनाइटेडले किन्यो भने रेग्मीलाई विराटनगर किंग्सले तथा पुनलाई रुपन्देही च्यालेर्न्जर्सले खरिद गरेको हो ।
त्यसैगरी, पृथु बाँस्कोटा विराटनगरमा आबद्व भए । उनलाई विराटनगरले रु एक लाख २० हजारमा अनुबन्ध गरेको हो । सोही रकममा नरेश बुढाऐरलाई काठमाडौँ गोल्डेन्सले खरिद गर्यो । त्यस्तै, विराटनगरले रु एक लाखमा रामनरेश गिरी, पवन सर्राफ, सौरभ खनाल, दिलीप नाथ र अनिल कुमार शाहलाई अनुबन्धन गर्यो ।
सिवाइसी अत्तरियाले कुशल भुर्तेल र कृष्ण कार्कीलाई पनि जनही रु एक लाखमा नै अनुबन्धन गर्यो भने काठमाडौँ गोल्डेन्सले अमित श्रेष्ठ, किशोर महतो, ललित राजवंशी र साहव आलमलाई रु एक/एक लाखमा किन्यो ।
यता महेन्द्रनगरले रोहितकुमार पौडेल र भुवन कार्कीलाई अनुबन्धन गर्यो । उनीहरूलाई जनही रु एक लाखमा किनेको हो । रुपन्देही च्यालेर्न्जर्सले बिक्रम कुमार भुषाल, सुशन भारी र सिद्धान्त लोहनीलाई जनही रु एक लाखमा अनुबन्धन गर्यो ।
टिम चौराहा, धनगढीले ललित भण्डारी, योगेन्द्रसिंह कार्की, सोनु तामाङ र सुनिल धमलाका लागि जनही रु एक लाख खर्च गर्यो ।
अन्नपूर्ण होटलमा बुधबार सम्पन्न अक्सनमा १८७ खेलाडीको नाम दर्ता भएको थियो जसमा ७२ खेलाडी अक्सनमा बिकेका हुन् । धनगढीमा आगामी चैत १७ देखि वैशाख १ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा टिम चौराह धनगढी, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड, रुपन्देही च्यालेर्न्जर्स, काठमाडौँ गोल्डेन्स र विराटनगर किंग्सले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका विजेताले रु २५ लाख तथा उपविजेताले रु १० लाख प्राप्त गर्नेछन् ।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
स्पोर्ट्स अवार्डलाई सहयोग आउने क्रम जारी
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१