राष्ट्रियसभामा २४ निर्विरोध 

आदर्श समाज सम्वाददाता
माघ १६, २०७४

काठमाडौं, १५ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २४ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको जनाएको छ । सोमबार उम्मेदवारी फिर्ता लिने अन्तिम दिनसम्म २४ जना निर्विरोध निर्वाचित भएका निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

आयोगको अनुसार प्रदेश १ मा ६ जना, प्रदेश २ मा सबै ८ जना, प्रदेश ४ मा १ जना, प्रदेश ५ मा ३ जना, प्रदेश ७ मा ६ जना उम्मेदवार निर्विरोध भए।

त्यस्तै, प्रदेश ३ र प्रदेश ६ का भने सबै ८ पदमा निर्वाचन हुने आयोगले जनाएको छ । प्रदेश १ मा महिला ३ र अन्य ३ गरी ६ जना र प्रदेश २ मा भने सबै उम्मेदवार निर्विरोध भए । प्रदेश ४ मा अपांगता वा अल्पसंख्यकको १ पद, प्रदेश ५ मा ३ महिला र प्रदेश ७ मा महिला ३ र अन्य ३ गरी ६ जना निर्विरोध निर्वाचित भएका छन् ।

५६ सदस्यका लागि हुने निर्वाचनमा अब ३२ पदमा ५२ जनाबीच मात्र प्रतिस्पर्धा हुने आयोगले जनाएको छ । आयोगले सोमबार सबै उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरेको छ । निर्वाचन चिन्ह पाएसँगै उम्मेदवारले चुनाव प्रचार प्रसार शुरु गरेका छन् । राष्ट्रियसभा निर्वाचनमा एउटा प्रदेशबाट महिला ३, अन्य ३, अपांग वा अल्पसंख्यक १ र दलित १ गरी ८ जना निर्वाचित हुने व्यवस्था छ ।

निर्वाचन कार्यतालिका अनुसार, सोमबार दिनको २ बजेसम्म उम्मेदवारलाई आफ्नो मनोनयनपत्र फिर्ता लिनका लागि समय प्रदान गरिएकोमा सातवटै प्रदेशमा गरी अब ३२ पदका लागि ५२ जना उम्मेदवार प्रतिष्पर्धामा रहेको आयोगले जानकारी दिएको छ ।

Related News

सम्बन्धित समाचार

  • बिपिसीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    स्याङ्जा । गल्याङ् नगरपालिकामा स्थापित बुटवल पावर कम्पनी (बिपिसी) ले विद्युत महसुल बढाउने जानकारी गराउँदै स्याङ्जा सदरमुकाममा शनिबार सार्वजनिक सुनुवाई…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा, १६ वैशाख । क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति…
  • झोलाबाट अफिस चलाउँदै बाल संगठन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । अनाथ र सहाराविहीन बालबालिकालाई आश्रय दिने उद्देश्यले स्थापित नेपाल बाल संगठन कास्की आफैं आश्रयविहीन छ । पोखरा–३, नदीपुरस्थित…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…

hero news full width