सरकारका निर्णयले जनमतको खिल्ली उडायो : दाहाल

आदर्श समाज सम्वाददाता
माघ १४, २०७४

चितवन, १३ माघ। नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले सरकारका निर्णयले जनमतको खिल्ली उडाएको बताएका छन्।

प्रेस सेन्टर चितवनले शनिबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै दाहाललेे सरकारले गरेका पछिल्ला निर्णय काँग्रेसको लोकतान्त्रिक चरित्रविपरीत भएको बताए। उनले भने-‘यस्ता निर्णयले नेपाली काँग्रेसलाई दीर्घकालीन असर गर्छ भन्ने कुरा साँचो हो।’

उनले भने-‘दीर्घकालीन महत्व र गम्भीर प्रकृतिका निर्णय धमाधम गर्दा त्यसले घाटा काँग्रेसलाई हुन्छ।’ अहिलेको कामचलाउ सरकारले गम्भीर प्रकृतिका निर्णय गर्ने गल्ति गरेको बताउँदै दाहालले कतिपय निर्णय अब बन्ने सरकारले फेर्न सक्ने बताए। उनले भने-‘सबै उल्ट्याउने भन्ने हुँदैन। औचित्यका आधारमा सही छन् भने कायम रहन्छन्।’

उनले अगाडि थपे-‘कतिपय निर्णय दिर्घकालीन असर पर्ने र कामचलाउ सरकारको परिधिभन्दा बाहिर भएका छन् ती निर्णय नयाँ सरकारले फेर्न सक्छ।’

एमालेले केही दिनअघि सरकारका पछिल्ला काम कारबाही विषयलाई लिएर गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओलीले सार्वजनिक गरेका धारणा नै माओवादी केन्द्रको पनि आधिकारिक धारणा भएको दाहालको भनाइ छ। उनले एमालेको पत्रकार सम्मेलनमा आफू चाहँदाचाहँदै पनि कार्यव्यस्तताको कारण उपस्थित हुन नसकेको स्पष्ट पारे।

सरकारले चितवन बाँदरमुढे घटनामा ज्यान गुमाएकालाई शहीद घोषणा गरेकोमा आपत्ति नभए पनि कामचलाउ सरकारले यस्ता अनावश्यक काम नगरेको राम्रो हुने दाहालले बताए। उनले जसको नेतृत्वमा सरकार भयो त्यसले आफूखुशी शहीद घोषणा गर्ने प्रक्रिया राम्रो नभएको बताए।

दाहालले सरकार गठनभन्दा पहिला एमाले र माओवादी केन्द्रबीच पार्टीएकता टुङ्ग्याउने क्रममा आफूहरु रहेको बताए। उनले भने-‘सरकार त गठन हुन्छ नै पार्टीएकता त्यो भन्दा अगाडि नै होस् भन्ने आफ्नो चाहना छ।’

उनले अगाडि थपे-‘मेरो कोशिष भन्नुहुन्छ भने त सरकार गठनभन्दा अघि नै पार्टीएकता हुनु जनभावना अनुसार पनि हुन्छ। हामीले गरेको प्रतिबद्धता अनुसार पनि हुन्छ।’

आज भोलि नै एउटा निष्कर्षमा पुग्ने तयारीमा रहेको पनि उनले बताए।  छिटै दुवै पार्टीको अध्यक्ष तहमा पनि गम्भीर ढंगले छलफल गरिने बताउँदै दाहालले भने-‘आज फर्किएर गएपछि पार्टीएकता संयोजन समितिमा पनि छलफल गरेर सरकार गठनभन्दा पहिला पार्टीएकता टुङ्गाउने क्रममा हामी छौं।’ उनले फागुनको दोस्रो हप्ताभित्र सरकार गठन हुने दावी गरे। देशको राजनीतिक स्थायित्व हुन र विकासलाई गति दिनका लागि पनि कम्युनिष्टको एउटा बलियो केन्द्र आबश्यक रहेको दाहालले बताए।

अब बन्ने वाम गठबन्धनको सरकारमा मधेशवादी दलहरु पनि सहभागी हुने विश्वास दाहालले व्यक्त गरे। मधेशवादी दलहरुले उठाएको संविधान संसोधनको बिषयमा पनि समझदारी बन्ने सम्भावना रहेको उनको भनाइ थियो।

Related News

सम्बन्धित समाचार

  • बिपिसीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    स्याङ्जा । गल्याङ् नगरपालिकामा स्थापित बुटवल पावर कम्पनी (बिपिसी) ले विद्युत महसुल बढाउने जानकारी गराउँदै स्याङ्जा सदरमुकाममा शनिबार सार्वजनिक सुनुवाई…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा, १६ वैशाख । क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति…
  • झोलाबाट अफिस चलाउँदै बाल संगठन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । अनाथ र सहाराविहीन बालबालिकालाई आश्रय दिने उद्देश्यले स्थापित नेपाल बाल संगठन कास्की आफैं आश्रयविहीन छ । पोखरा–३, नदीपुरस्थित…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…

hero news full width