१. हाम्रा सहरबजार, गाउँघरमा राता सारी, हरियो पोते र चुरामा सजिएका महिलाको ओहोर-दोहोरले तीज आएको प्रष्ट सङ्केत दिएको छ । यस दिनमा उनीहरू परापूर्व कालदेखि आफ्नो दुःख, वेदना पोख्ने गर्दछन्, रमाएर नाच्ने गर्दछन्।
२. तीजको उपलक्ष्यमा एक दिन दर खाने, एक दिन नाच्ने र एक दिन पञ्चमीको पूजा गर्ने शास्त्र सम्मत कुरा हो। तर यो रमाइलो पर्व भएकाले यसको दिन लम्बिदै गएको छ र एक महिना पहिलेदेखि नै नाच्ने-खाने चलन बढ्दैछ। नाच्ने, गाउने र खाने स्थान पनि ठूलो होटल र पार्टी प्यालेसहरू भएका छन्।
३. विगतदेखिको कुरा हेर्दा यो पर्व महिला हक र अधिकारसँग जोडिएको पाइन्छ। महिलाहरू खास गरी विवाहितले आफ्नो घरमा सासुबाट पाएका पीडा, वेदनाहरु पोख्ने पर्वका रुपमा लिने गरिएको पाउँछौं। ती वेदना र पीडा आफ्ना साथीहरूका साथ गीतमार्फत् व्यक्त गरी नाचेर त्यसलाई बिसर्न खोज्नु ठूलो कुरा हो।
४. तर अहिले स्थितिले कोल्टे फेरेको छ। तीजका गीत र शैली फेरिएको छ । हिजो दुःख, दर्द, वेदनाका गीतहरू गाएका सुनिन्थे भने अहिले प्रेमका गीतहरू गाएका सुनिन्छन् । हिजो यो महिलाको मात्र पर्व थियो भने अहिले यसमा पुरुष सहभागिता बढ्दो छ । नाच्ने, गाउनेमा पनि पुरुषको उपस्थिति देखिन थालेको छ।
५. हिजो दर खाने चलन माइती आएपछि हुने गर्दथ्यो भने अहिले आपसमा पैसा उठाएर होटलमा गएर खाने चलन बढेको छ । धेरै छाक र धेरै पटक खाने चलन बढेको छ। त्यसका साथै संघसंस्था र क्लबहरूले पनि तीजको दर खुवाउने गरेपछि खाने र खुवाउने फेशन अरु बढेको छ ।
६. हिजो धार्मिक र सांस्कृतिक दृष्टिले ब्रत बस्ने गरिन्थ्यो । आफ्ना पतिको दीर्घायूको लागि ब्रत बस्नु पुण्य कार्य मानिन्थ्यो भने अहिले पतिले पत्नीको लागि कहिले ब्रत बस्छन् र पत्नीले मात्र किन ब्रत बस्ने भन्न पनि थालिएको छ । त्यसको साथै दिनभरि पानी पनि नखाइ बस्नुलाई अहिले स्वास्थ्यको दृष्टिले पनि राम्रो मानिदैन ।
७. तीजका यस्ता क्रियाकलापलाई विकृति भन्नेहरू बढ्दै गएका छन्। हिजो तीज नमान्नेहरू पनि आज यसमा सहभागी भएका छन्। नाचगानमा रमाएका छन् र दर खाने र खुवाउनेहरूको सङ्ख्या बढ्दै छ । यस्तो हुनु यसको लोकप्रियता हो । यसको लोकप्रियता प्रत्येक वर्ष बढ्दै गएको छ । हामी तीजको उपलक्ष्यमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दछौ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१