पोखरा । रामबजार ज्येष्ठ नागरिक मिलन केन्द्रले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमका वक्ताले जेष्ठ नागरिक जिउँदा भगवान् भएको बताएका छन् । उनीहरूले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई अनुज पुस्ताले सम्मान गर्दै सामाजिक कार्यमा लगाउनुपर्ने बताए ।
शताब्दी पुरुष गैप्रसाद गुरुङले कतिपय छोरा, बुहारी, नाति नातिनाले ज्येष्ठ नागरिकलाई हेला गर्ने गरेको औंल्याउँदै उनीहरुलाई मायाको खाँचो रहेको जनाए । उनले गीत गाएर रमाइलो गर्दै ज्येष्ठ नागरिकका कर्मको सम्मान हुनुपर्ने स्पष्ट पारे ।
पूर्व वडाध्यक्ष मनवीर गुरुङले पछिल्लो पुस्ता विदेश जाँदा ज्येष्ठ नागरिकहरुले हेरचाह पाउन नसकेको जनाउँदै युवाको विदेश पलायन रोक्न राज्यस्तरबाटै पहल आवश्यक रहेको बताए ।
केन्द्रका अध्यक्ष क्या. थमन थापा मगरले ज्येष्ठ नागरिकलाई जिउँदा भगवान्को संज्ञा दिँदै निसंकोच उनीहरुले भोगेको कुरा नयाँ पुस्तालाई सिकाउनुपर्ने धारणा राखे । ज्येष्ठ नागरिकको सम्मानमा केन्द्र प्रयासरत रहेको भन्दै अध्यक्ष थापामगरले केन्द्रका गतिविधिमा वडाको साथ रहेको स्पष्ट पारे ।
केन्द्रका सदस्य हरिप्रसाद फूयाँलले ज्येष्ठ नागरिक सरोकार समाजको भवन बनाउने उद्देश्यका साथ जेठमा बृहद् कार्यक्रम गर्न लागिएको जानकारी दिँदै उक्त कार्यक्रममा ९० वर्ष माथिकालाई सम्मान गर्ने तयारी भएको बताए ।
सो अवसरमा सल्लाहकार नरहरि पनेरु, वडा सदस्य पूर्णचन्द्र न्यौपानेलगायतले पनि धारणा राखे । उनीहरुले राज्यका निकाय समक्ष ज्येष्ठ नागरिकका आवाज बुलन्द बनाउनुपर्ने बताए ।
कार्यक्रमबीच मिलन केन्द्रलाई जिन्सी सामग्री सहयोग गर्ने (सिंहासन) खोमानन्द क्होला तमु परिवारलाई दोसल्लासहित सम्मान गरियो ।
खोमानन्दले सम्मानित हुन पाएकोमा खुसी व्यक्त गर्दै ज्येष्ठ नागरिकको एकतामा जोड दिए । उनले समाजका लागि ज्येष्ठ नागरिकले सही बाटो देखाउनुपर्ने भन्दै त्यो उनीहरुको कर्तव्य भएको औँल्याए ।
त्यस अवसरमा केन्द्रमा आबद्ध ज्येष्ठ नागरिकलाई भोजन समेत खुवाइयो भने विभिन्न सांस्कृतिक कार्यक्रम पनि भए ।
केन्द्रका अध्यक्ष क्या.थमन थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य मीना भण्डारीले स्वागत तथा सचिव ज्ञानबहादुर थापाले कार्यक्रम सञ्चालन गरे । केन्द्रका हाल रामबजार क्षेत्रका २ सय ६३ ज्येष्ठ नागरिक आबद्ध छन् ।
Related News
सम्बन्धित समाचार
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
सफलको चिनीरहित दही बजारमा
फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
hero news full width
मुख्य समाचार
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१