पोखरा । पञ्चासेको सान जैविक विविधता र पर्यापर्यटन भन्ने मूल नारा सहित पञ्चासे पर्यापर्यटन महोत्सव तथा प्रथम पञ्चासे जैविक विविधता सम्मेलन हुने भएको छ ।
अन्नपूर्ण ४, भदौरे देउरालीमा हुने सम्मेलनको तयारी पूरा भएको आयोजक पञ्चासे ईको टुरिजम प्रालिले जनाएको छ ।
शान्त पर्यापर्यटन र जंगल परिभ्रमणको मूल मान्यता सहित ग्रामीण पर्यापर्यटन प्रवद्र्धन गर्ने हेतुले शान्त पर्यावरणीय मेलाका रुपमा कार्यक्रमलाई अगाडि वढाइको पञ्चासे इको टुरिजमका अध्यक्ष नवराज पौडेलले बताए । उनका अनुसार १ वैशाखमा विशेष पर्यावरणीय पदयात्रा गरि उद्घाटन गरिने र २ वैशाखमा विशेष सत्र प्रस्तुतिका रुपमा कार्यपत्र प्रस्तुति सँगसँगै सुनाखरी, चरा र जैविक विविधता अवलोकनको कार्यमूलक सेसन सञ्चालन गरिनेछ ।
तेस्रो दिन योगा र आध्यात्म शिविर र जंगल परिभ्रमण पदयात्रा गरि जंगलकै वीचमा सुनाखरी सत्र सञ्चालन गरि कार्यमूलक अवलोकन समेत गरिने पञ्चासे ईको टुरिजमले जनाएको छ ।
वक्तामा जैविक विविधता विज्ञ डा. हुम गुरुङ, सुनाखरी वैज्ञानिक भक्तबहादुर रस्कोटी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय गण्डकीका सचिव डा. रामचन्द्र कँडेल, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) गण्डकीका प्रमुख डा. रविन कडरिया, पर्यटन विज्ञ डा. रामजी शर्मा, पर्यटन विज्ञ डम्वर पुन, चरा विज्ञ मन्सान्त घिमिरे र वुद्धिजीवी डा. अमर नागिला लगायत सहभागी हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा स्थानीय सांस्कृतिक कार्यक्रम, ट्होटे र गुरुङ संस्कृतिमा आधारित रोधी समेत प्रस्तुत गरिने छ ।
Related News
सम्बन्धित समाचार
कानुन निर्माणका लागि सरोकारवालाबीच अन्तक्र्रिया
हाइकर्स क्लब टोली कालाबाङ घरेडीमा
‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’
होमस्टे महासंघको प्रशिक्षक प्रशिक्षण
बाराही जंगल लजले गर्यो निकुञ्ज क्षेत्रमा सरसफाई, ३ ट्याक्टर फोहर संकलन
hero news full width
मुख्य समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१