छन्त्याल संघमा उद्घोषण तालिम

आदर्श समाज सम्वाददाता
चैत्र २८, २०८०
Chhantyal talim news

पोखरा । नेपाल छन्त्याल संघ कास्कीको आयोजना गरेको उद्घोषण तालिम सकिएको छ । चैत १७ गतेदेखि सुरु भएको तालिमको सोमबार समापन गरिएको हो । तालिमको समापन गर्दै धौलागिरि गाउँपालिका १, गुर्जा, म्याग्दीका वडाध्यक्ष झकबहादुर छन्त्यालले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सुझाव दिए ।

गुर्जा विकास मञ्चका अध्यक्ष क्या. लालबहादुर छन्त्यालले १० दिनको तालिम निकै उपलब्धिपूर्ण रहेको बताए । तालिमबाट प्रशिक्षार्थीहरूमा निकै परिवर्तन आएको आफूले पाएको भन्दै उनले तालिमले प्रशिक्षार्थीहरूको क्षमता अभिवृद्धि गरेको उल्लेख गरे । नेपाल छन्त्याल संघ कास्कीका अध्यक्ष सुबेदार धनबहादुर छन्त्यालले छन्त्याल जातिका व्यक्तिलाई सक्षम बनाएर अघि बढाउन तालिम सञ्चालन गरिएको बताए ।

समापन कार्यक्रममा तालिमका प्रशिक्षक रूद्रबहादुर श्रीस, प्रशिक्षार्थीहरूको तर्फबाट जगनारायण छन्त्याल र पुनदेवी छन्त्यालले पनि बालेका थिए । नेपाल छन्त्याल संघ, कास्कीका अध्यक्ष सुबेदार धनबहादुर छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रशिक्षार्थी गीता छन्त्यालले गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width