वर्तमान र निवर्तमान मुख्यमन्त्री एउटै जहाजमा काडमाडौं उडे

आदर्श समाज सम्वाददाता
चैत्र २५, २०८०
pande khagaraj

पोखरा । कमजोर कानुनी र राजनीतिक धरातलमा मुख्यमन्त्री बनेका एमालेका खगराज अधिकारी र निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे काठमाडौं उडेका छन् । संयोग पनि कस्तो परेको छ भने दुवैजना एउटै जहाजमा परेका छन् । बुद्ध एअरको पौने ७ बजेको टिकट काटिएको र उडानका केहीबेर ढिलाइ भएको छ । अधिकारीका लागि ३ वटा र पाण्डेका लागि ४ वटा टिकट काटिएको एअरलाइन्स स्रोतले बताएको छ । मुख्यमन्त्री पाण्डेसँगै मुख्यन्यायाधिवक्ता चिरञ्जीवी पौडेल समेत गएका छन् ।

हरिबहादुर चुमान र दीपक मनाङेलाई लिएर क्याबिनेट बनाएका अधिकारी शपथ लगत्तै काठमाडौं उडेका हुन् । तटस्थ रहनुपर्ने सभामुखलाई गनेर मुख्यमन्त्री भएका अधिकारीलाई पद जोगाउने पिरलो छ । पाण्डेले भने प्रदेश प्रमुखले संविधान र सर्वोच्चको नजीर पालना गर्नुपर्नेमा त्यसो नगरेको भन्दै आएका छन् । उनी अब यो कदमविरुद्ध सर्वोच्च अदालत जाने बताएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width