ठूलाकोटमा अक्षरयात्राको २०९ औं शृंखला

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०८०
akshyar yatra

पोखरा । गजल सन्ध्या र नवनीत साहित्य सागर आयोजनामा सञ्चालन हुँदै आएको अक्षरयात्राको २०९ औं शृंखला पोखरा २८ ठूलाकोटमा सम्पन्न भयो ।

लायन्स क्लब अफ पोखरा कालिका भ्यु टाउनको स्थानीय समन्वयमा भएको कार्यक्रम गजल सन्ध्या पोखराका अध्यक्ष मन क्षत्री र लायन्स क्लब अफ पोखरा कालिका भ्यु टाउनको अध्यक्ष दिनेशबाबु खड्काको संयुक्त अध्यक्षतामा भएको थियो । हरेक महिनाको तेस्रो शनिबार सञ्चालन हुने अक्षरयात्रामा रचनाकार सोही स्थानमा पुगी रचना सिर्जना गरी वाचन गरे । कवि अमृत क्षत्रीले ठूलाकोटमा लेखेको नगरबस र यात्रा शीर्षकको कविताको अन्तिममा यसरी प्रस्तुत गरे :

नगर बस नगर छोडी उक्लिएको छ
ठूलाकोट नगरमा
चिसो चिसो फेरि चिसो बतासले
गुराँसको रङ उडाएर आँखा पोत्छ
एता बेगनास, उता काँहु
उता उता पर्यटक राजधानी
यता चिसो हिउँदे बतास
कम्ता छैन दिल खुस ।।
हाव ! सोल्टिनी
बा आमा, आफन्त, साथीभाइका आँखा छलेर
हामी कहिल्यै आएका रहेनछौ
यो दिल बहलाउने ठुलाकोट ।।
यो पालि अक्षरयात्रा
अर्को पालि हाम्रो निजी यात्रा हगि त !

पोखरा २८ मा ठूलाकोटबाट कास्कीको विभिन्न स्थान दृश्यावलोकन गर्न सकिन्छ भने ठूलाकोट कुलमण्डल शाहका साइँला छोरा चैतु शाहले राज्य गरेको स्थानको रुपमा प्रचलित छ । कार्यक्रम संयोजक लक्ष्मण तिमिल्सिनाले स्वागत गर्दै मुक्तक सुनाएर रचनावाचन थालनी गरेका थिए ।

उज्यालो सँगै अँध्यारो खोजेर आयो
जसरी माउले चारो खोजेर आयो ।
अब आमासँग उसको गुनासो छैन,
छोरोले पटुकीमा अप्ठ्यारो खोजेर आयो ।।

मुक्तक मञ्चका पोखराका उपाध्यक्ष श्रीराम अधिकारी गोर्जेको मुक्तक यस प्रकार थियो :

पदबाट तल झर्ने कोही हुँदो रैन्छ
अरुको निम्ति मर्ने कोही हुँदो रैन्छ
अपराधीहरू नै यहाँ न्यायाधीश छन्
यिनलाई कारबाही गर्ने कोही हँुदो रैन्छ ।

रचनावाचन कार्यक्रम गजल सन्ध्या पोखराका कोषाध्यक्ष विष्णु सुवेदीले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेलायतमा ‘प्रकट’ र ‘पारिजात’को स्मरण

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास बेलायत शाखाले साउथ ह्यारोमा विविध कार्यक्रमका साथ साहित्यकार प्रकट पगेनी शिवको श्रद्धान्जली सभा…
  • ७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रकृति र संस्कृतिको माध्यमबाट पोखरामा पर्यटकको आगमन बढाउन सकिने बताउनुभएको छ । शनिबार गण्डकी…
  • नरहरिको उपन्यास ‘शान्ति’ लोकार्पण

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । शिक्षासेवी तथा साहित्यकार नरहरि भट्टराईको शान्ति नायक उपन्यास शनिबार लोकार्पण गरिएको छ । शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गरेको…
  • ‘क्यानभास’ मा धार्चेको कलासंस्कृति र भूगोल

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    काठमाडौं । मनास्लु र गणेश हिमाल आरोहण पदमार्गको प्रवेशद्वारका रूपमा रहेको गोरखाको धार्चे गाउँपालिकाका कलासंस्कृति र भूगोललाई ‘क्यानभास’ मा उतारिएको…
  • गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन् । गण्डकी प्रज्ञा–प्रतिष्ठानले तेस्रो वार्षिकोत्सवको…

hero news full width