पोखरा । पश्चिमाञ्चल मावि, गैह्रापाटनका कक्षा १२ का विद्यार्थीलाई शनिबार एक समारोहबीच बिदाइ गरिएको छ । कक्षा ११ का विद्यार्थीको संयोजनमा बिदाइ कार्यक्रम आयोजना गरिएको हो ।
दश जोड दुईका संयोजक देव क्षत्रीले वार्षिक परीक्षाको पर्खाइमा रहेका विद्यार्थीले थप मेहनत गर्नुपर्ने बताए ।
प्राचार्य सरोज कोइरालाले थप मेहनत गरेर अध्ययन गरेमा भविष्य उज्ज्वल हुने भएकाले अबको एक महिना पढाइमा थप मेहनत गर्न विद्यार्थीलाई आग्रह गरे । वैशाख मध्यदेखि कक्षा १२ को वार्षिक परीक्षा हुने भएकाले त्यहीअनुसार तयारी गर्न उनको सुझाव थियो ।
पश्चिमाञ्चल फाउन्डेसन अध्यक्ष प्राडा रामनाथ ओझाले २ वर्षको अध्ययनपछि विद्यार्थी बिदाइ भए पनि यो सधैंका लागि बिदाइ नभएको बताए ।
उनले विद्यालयसँगको सम्बन्ध सधैंभरका लागि रहिरहने पनि बताए । फाउन्डेसनका पूर्व अध्यक्ष प्राडा विश्वकल्याण पराजुली, सञ्चालक डा. कपिल अधिकारी, सहायक प्राचार्य मीनु श्रेष्ठ कुँवर, अतिरिक्त क्रियाकलाप संयोजक आत्मराम अधिकारी, सिनियर इञ्चार्ज विजयराज अधिकारी र कक्षा ११ का विद्यार्थीले पनि बिदाइ भई जाने विद्यार्थीलाई सफलताको शुभकामना दिए ।
नर्सरीदेखि १२ कक्षासम्म अध्यापन हुने पश्चिमाञ्चलमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, मानविकी र कानुन संकायमा अध्यापन हुन्छ ।
Related News
सम्बन्धित समाचार
पोखरा–१२ का सामुदायिक विद्यालयमा संस्कार शिक्षा
गैंडाकोटको अक्सफोर्ड कलेजका विद्यार्थीलाई बधाई एवं सम्मान
विन्ध्येश्वरी आदर्शमा निर्वाचन तथा स्वागत
फिस्टेल एसइई कप २०८१ को तयारी
जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
hero news full width
मुख्य समाचार
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१