पोखरा । नेकपा एमाले कास्की अध्यक्षमा बैनबहादुर अधिकारी क्षत्री विजयी भएका छन् । माधव बास्तोलालाई २ सय ४ मतले हराउँदै वैनबहादुर विजयी भएका हुन् । अधिकारीले ५ सय ५१ मत ल्याउँदा बास्तोला ३ सय ४७ मा समेटिए । बैनबहादुरलाई खगराज अधिकारी र बास्तोलालाई पिएस गुरुङको समर्थन थियो । अध्यक्षका अर्का उम्मेदवार विवेक त्रिपाठीले १७ मत पाए ।
निर्वाचनमा ९ सय १५ मत खसेको थियो ।
१६ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएकाे थियाे । मतगणना पनि मेसिनबाटै गरिनेछ । मंगलबार साँझ साढे ७ बजेदेखि सुरु भएकाे मतदान बुधबार साढे ३ बजेपछि सकिएकाे हाे । विद्युतीय मेसिनबाट मतदान भएकाले गणनामा भने छिटो भएको हो ।
एमाले कास्कीको अधिवेशन शनिबार सुरु भएको थियो । यहाँ पिएस र खगराज २ समूहको टक्करका कारण निर्वाचन प्रकि्या लम्बिएको थियो । वैनबहादुर खगराज प्यानलका हुन् ।
उपाध्यक्षमा भेषराज बरालले ५ सय २७, सचिवमा लेखबहादुर तामाङ (दर्शन लामा) ५ सय ९५, उपसचिवमा सन्तु सुवेदी ५ सय १० र लालबहादुर परियार ५ सय ८१ मतका साथ विजयी भए ।
उपाध्यक्षका उमेदवार शिव आचार्यले ३ सय ८८ मत, सचिव सुरेन्द्र गुरुङले ३ सय २० मत, उपसचिवद्वय राधिका शाही योगी ३ सय ४४ र गीता विश्वकर्माले ३ सय ३४ मत प्राप्त गरे ।
Related News
सम्बन्धित समाचार
पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
आगलागीले सुन्तलाको बगैंचा सखाप
पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग
सामाजिक विकास केन्द्रद्वारा ३७७ जनालाई सेवा प्रदान
लिटल फ्लावरमा विविध कार्यक्रम
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१