पोखरा । अन्नपूर्ण गाउँपालिका–३, काँडे, वराहथानका पुष्पा गुरुङको घरमा शुक्रबार राति चोरी भएको छ । चोरले २२ तोला सुनका विभिन्न गरगहना, ५० हजार नगदसहित विभिन्न सामान चोरी गरी लगेको पीडित गुरुङका भाइ कुलबहादुर गुरुङ ‘कुलु’ ले बताए ।
ढोका फोडेर घरभित्र छिरेको चोरले ३ वटा दराज तथा १ बाकसमा क्षति पुर्याएर लुटपाट गरेको हो । चोरले क्यामेरा, टेलिभिजन सेट, नयाँ लत्ताकपडा समेत चोरेको छ ।
रातभर पानी परेको तथा नयाँ घरमा बसाइँ सरेको मौका छोपी चोरले पुरानो घर फोडेको उनले जनाए ।
घरधनी पुष्पाले आफू बिरामी भएसँगै यसै वर्षको शिवरात्रिमा पुरानो घरमा झाँकी बोलाइ हेराएकी थिइन् । झाँक्रीले पुरानो घरमा नबस्नू, फापेको छैन भनेपछि उनीको परिवार नजिकै पक्की घर बनाएर बसाइँ सरेका थिए ।
पीडितले भदौरे तामागी प्रहरी चौकी र वडा प्रहरी कार्यालय बगरमा उजुरी दिएको र चोरीबारे प्रारम्भिक अनुसन्धान भइरहेको कास्की प्रहरीले जनायो ।
Related News
सम्बन्धित समाचार
पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
आगलागीले सुन्तलाको बगैंचा सखाप
पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग
सामाजिक विकास केन्द्रद्वारा ३७७ जनालाई सेवा प्रदान
लिटल फ्लावरमा विविध कार्यक्रम
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१