काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १६७ बमोजिम नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मधेस प्रदेशका प्रमुख सुमित्रा भण्डारी, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
राष्ट्रपति पौडेलले यही फागुन २८ गते मन्त्रिपरिषद्को निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) अनुसार आजै उहाँहरूलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभभएको हो ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति थियो । रासस
Related News
सम्बन्धित समाचार
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
hero news full width
मुख्य समाचार
जिबी राईको राहदानी रद्द भएन
राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
जेठ १, २०८१मन्त्रीपरिषदबाट १६ औँ पञ्चवर्षीय योजना पारित
जेठ १, २०८१गर्मीले भकाभक कुखुरा मर्दा मासु अचाक्ली महँगो
जेठ १, २०८१