काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेले संविधान र राजनीतिक व्यवस्थाको रक्षाका लागि विद्रोह गरेर जन्मिएको आफ्नो पार्टीलाई थाहै नदिई गठबन्धन भत्काइकामा असन्तुष्टि प्रकट गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय आधारमा जारी छलफलमा उहाँले सो कुरा बताउनुभएको हो ।
नेता पाण्डेले कामका लागि दैनिक सयौँ युवा विदेसिनुपर्ने बाध्यता रहेको र प्रभावकारी रुपमा सार्वजनिक सेवा प्रवाह हुन नसकेको उल्लेख गर्दै बेरोजगारी बढ्दा जनतामा निराशा बढेकोबारे सरकारको ध्यानाकर्षण गराउनुभयो ।
संसद्बाटै बनेको कानुनका कारण मुलुकभरका नर्सिङ र मेडिकल कलेज बन्द हुने अवस्थामा रहेको उल्लेख गर्दै विद्यार्थी अध्ययनका लागि विदेसिनु परेको बताउनुभयो । उहाँले जनताका कामका लागि बजेटमा सांसदको भूमिका बढाउन सरकारलाई सुझाव दिनुभयो । साथै उहाँले प्रधानमन्त्री दाहाललाई आफ्नो पार्टीले विश्वासको मत दिने जानकारी गराउनुभयो । रासस
Related News
सम्बन्धित समाचार
नेकपा (एमाले) तनहुँको अध्यक्षमा कँडेल विजयी
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
व्यक्तिगत गाली–गलौज बन्द गरी वामपन्थी शक्ति एक हुन मुख्यमन्त्री अधिकारीको आग्रह
दीर्घकालीन असर गर्ने निर्णय नगर्न अधिकारी सरकारका नाममा अन्तरिम आदेश- हेर्नुहोस् आदेश
hero news full width
मुख्य समाचार
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१