पोखरा । पोखरा २५ हेमजामा यस वर्ष पनि राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ ।
विष्णुपादुका क्लब आयोजनामा आगामी २५ चैतदेखि ३ वैशाखसम्म १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको हो ।
सोमबार सरोकारवालाको भेलाले क्लब अध्यक्ष सुविन श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । जसको महासचिवमा वसन्तकुमार श्रेष्ठ र कोषाध्यक्षमा राम सापकोटा चयन भए ।
भेलाले विभिन्न उपसमिति पनि गठन गरेको छ । जसअनुसार अर्थ संकलनमा डम्बरबहादुर कुँवर, स्टल, रेष्टुरेन्ट तथा बाल उद्यानमा राजेन्द्र थापा (गौरव), पानी बिजुलीमा केशव गिरी, स्वयंसेवक परिचालनमा अस्मित थापा, सुरक्षा व्यवस्थापनमा मदन थापा, छपाइ अनलाइनतर्फ मधुर कुँवर, आमा समूह परिचालनमा अप्सरा तिमिल्सिना, लेखा उपसमितिमा झलकनाथ पौडेललाई संयोजकको जिम्मेवारी दिइएको छ ।
प्रचारप्रसार उपसमितिमा श्रीभद्र पौडेल, सचिवालय समितिका चन्द्र श्रेष्ठ, अतिथि सत्कार उपसमितिमा मीना कुँवर, कृषि उपज तथा आलु व्यवस्थापनमा जयराम तिमिल्सिना, टिकट व्यवस्थापनमा सुरेन्द्र थापालाई संयोजकको जिम्मेवारी तोकिएको छ ।
आवश्यक अन्य उपसमिति पनि गठन गर्ने र त्यसका लागि मंगलबार पुन बैठक बस्ने आयोजकले जनायो ।
सोमबारको भेलालाई सम्बोधन गर्दै वडा सदस्य कृष्णबहादुर कुँवरले आलु महोत्सव हेमजाको पहिचान हो भने । उनले महोत्सव निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले क्लब भवन निर्माण गर्न पनि सुझाव दिँदै महोत्सवलाई मितव्ययी बनाउनुपर्ने बताए ।
त्यस अवसरमा आलु महोत्सवका संस्थापक धर्मराज बास्तोला, क्लबका पूर्व अध्यक्षहरु लभ थापा र जगतबहादुर थापा, क्लब अध्यक्ष सुविन श्रेष्ठ, सचिव वसन्तकुमार श्रेष्ठ, राधाकृष्ण आमा समूह अध्यक्ष सिर्जना सापकोटा लगायतले बोलेका थिए ।
सो अवसरमा ११ औं संस्करणको महोत्सवको आयव्यय पनि सार्वजनिक गरियो ।
महोत्सवमा यसपालि पनि ‘सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं,’ ‘आलु एक-परिकार अनेक’ नारा अगाडि सारिएको छ ।
Related News
सम्बन्धित समाचार
इन्द्रराज्यलक्ष्मी माविको ७१ औं वार्षिकोत्सव
छुट प्रदान गर्ने सम्झौता
‘मुख्यमन्त्रीको पिए हुँ’ भनी ठगी
सूर्यदर्शन सहकारीको अनुसन्धान प्रतिवेदन बुझाइयो
पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
hero news full width
मुख्य समाचार
आगलागीले सुन्तलाको बगैंचा सखाप
पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग
वैशाख २६, २०८१कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
वैशाख २६, २०८१गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१