पोखरा । बास्थला गनगने पँधेराखोला खानेपानी उपभोक्ता समिति पोखरा १३ आर्वाको आइतबार सम्पन भएको छैटौं अधिवेशनले बद्रीप्रसाद देवकोटाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्ष राजन सिग्देल, सचिव नमुना बराल तथा कोषाध्यक्ष मधु बराल चयन भए । सदस्यहरू भोजराज बराल, कृष्णप्रसाद बराल, गोकर्ण बराल छन् । पदेन सदस्यहरु मोहरपानी आदर्श टोल विकास संस्था, लक्ष्मी नारायण टोल विकास संस्था, अर्धनारेश्वर टोल विकास संस्था र छापाको चौतारा टोल विकास संस्था छानिएका छन् ।
अधिवेशन उद्घाटन गर्दै पोखरा १३ का अध्यक्ष किरण बरालले वडाबासीलाई खानेपानीजस्तो संवेदनशील विषयमा वडा कार्यालयबाट सबैखालको सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले तत्काल वडा कार्यालयले यस खानेपानी समितिलाई मर्मत सम्भारका लागि वडाबाट २ देखि ३ लाख रुपैयाँसम्म बजेट विनियोजन गर्ने वचन दिए ।
समितिका अध्यक्ष नरबहादुर बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेशका अध्यक्ष एवं स्थानीय उपभोक्ता श्रीनाथ बराल, पत्रकार श्रीराम सिग्देल, समाजसेवी कृष्णप्रसाद बराल, सान्तेडाँडा सहेले वन उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद बराल, अमरज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक विमलबहादुर बराल, संस्थाका सल्लाहकार ऋषिराम सिग्देल, समाजसेवी वसन्त शर्मा अधिकारी, शुकदेव बयल, हिमा परियार, रतनपाण्डे खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर बराल, ज्येष्ठ नागरिक कल्याणकारी संस्था पोखार १३ आर्वाका अध्यक्ष बलराम सिग्देल, जग्गादाता यमकुमारी बराललगायतले बोलेका थिए ।
झण्डै ३ सय उपभोक्ता आबद्ध यस समितिअन्तर्गत ४ वटा टोल विकास संस्था पर्दछन् । समितिका अध्यक्ष नरबहादुर बरालको अध्यक्षको प्रतिवेदन कोषाध्यक्ष मधु बरालको कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो । कार्यक्रम सञ्चालन सचिव सावित्री सिग्देलले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
सफलको चिनीरहित दही बजारमा
फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
hero news full width
मुख्य समाचार
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१