पोखरा। बहिरा महिला फुटबलको उपाधि वागमती प्रदेशले जितेको छ । बहिरा फुटबल खेल क्लब, पोखराको आयोजनामा शुक्रबार पोखरा रंगशालामा भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई टाइब्रेकरमा २–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । निर्धारित समयमा खेल बराबरीमा सकिएपछि खेलको टुंगो टाइब्रेकरबाट लागेको हो ।
उपाधि जितेको वागमतीले ट्रफीसहित नगद ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेताले ३० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पायो । प्रतियोगितामा वागमती प्रदेशकी कप्तान कोपिला गुरुङ सर्वोत्कृष्ट भइन् । उत्कृष्ट गोलरक्षक वागमतीकै सल्मा खातुन र कोशीकी सहारा शर्मा उच्च गोलकर्ता भइन् ।
विजेतालाई पोखरा महानगर खेलकुद विकास समिति अध्यक्ष दीपक गोदार, अन्तर्राष्ट्रिय खेलाडी सुदीप आचार्य, सुवेदार मेजर मीनबहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरे ।
समापनमा अध्यक्ष गोदारले महिला दिवस अवसरमा बहिरा महिलालाई अवसर जुटाएर क्लबले सह्रानीय काम गरेको बताए । आगामी दिनमा यसलाई निरन्तरता उनको सुझाव थियो । यसका लागि संस्थागत र व्यक्तिगत रुपमा सहकार्य गर्दै जाने उनले प्रतिवद्धता जनाए ।
क्लब सहसचिव सूर्यमोहन बरालले ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस अवसरमा महिला सशक्तीकरणका लागि प्रतियोगिता आयोजना गरेको बताए । यसले बहिरा महिलालाई खेलकुदमा अघि बढ्नसहज हुने उनले सुनाए । बहिराहरु पनि खेल्नका लागि सक्षम छ भन्ने सोचेर राज्यले लगानी गर्नुपर्ने उनको माग थियो । बहिरा महिलाहरुको फुटबल प्रतियोगिता पोखरामा पहिलो पटक आयोजना गरिएको उनको दाबी छ ।
प्रतियोगितामा गण्डकीका २ सहित कोशी, वागमती, सुदूरपश्चिम गरी ५ टिमले भाग लिएको क्लब अध्यक्ष ज्ञानबहादुर भित्रकोटीले जानकारी दिए । बहिराहरुले खेल्ने यो फुटबलमा सिठ्ठी नबजाइ रुमाल सहारामा खेलिन्छ । खेलाडीहरुले रातो रुमाल हल्लाउँदा रोक्छन् र हरियो रुमाल हल्लाएपछि बल अघि बढाउँछन् । प्रतियोगितामा सुभाष कोइराला र अञ्जली सुनारले दोभाषेरुपमा सहयोग गरे ।
Related News
सम्बन्धित समाचार
इन्द्रराज्यलक्ष्मी माविको ७१ औं वार्षिकोत्सव
छुट प्रदान गर्ने सम्झौता
‘मुख्यमन्त्रीको पिए हुँ’ भनी ठगी
सूर्यदर्शन सहकारीको अनुसन्धान प्रतिवेदन बुझाइयो
पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
hero news full width
मुख्य समाचार
आगलागीले सुन्तलाको बगैंचा सखाप
पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग
वैशाख २६, २०८१कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
वैशाख २६, २०८१गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१