पोखरा । पोखरामा भएको प्रथम बिपी स्मृति फुटसलको उपाधि मिलनटोलले जितेको छ । शनिबार भएको फाइनल प्रतिस्पर्धामा मिलनटोलले फ्रेस इलिमेन्टसलाई ३–१ गोलले पराजित गर्दै उपाधि जितेको हो ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) पोखरा महानगर समितिद्वारा आयोजित प्रतियोगितामा १६ टिमले प्रतिस्पर्धा गरेका थिए ।
विजेता मिलनटोलले ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता फ्रेस इलिमेन्टसे ३३ हजार ३ सय ३३ रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । साथै उत्कृष्ट खेलाडी, गोल–किपर र सर्वाधिक गोलकर्ताले पनि ट्रफी प्राप्त गरे ।
प्रतियोगिता उद्घाटन गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल र समापन कास्की कांग्रेस सभापति किशोरदत्त बरालले गरेका थिए । प्रतियोगिता पोखरा–७ स्थित फरेस्ट स्पोर्टस् एरिनामा भएको संघका सभापति विपिन पौडेलले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा शनिबार राष्ट्रिय साइकल दौड प्रतियोगिता
फिस्टेल एसइई कप २०८१ को तयारी
गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडी सम्मानित
पोखरामा नेपाल लोकतान्त्रिक खेलकुदको भलिबल
फेवातालमा पौडी प्रतियोगिता
hero news full width
मुख्य समाचार
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१