पोखरा । चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था, पोखरा १२ पुरानोधाराले सहकारी शिक्षा कार्यक्रम गरेको छ ।
सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका रजिष्ट्रार भेषराज रिजालले सहकारीका सदस्यलाई सहकारीबारे जानकारी दिँदै नाफाको पछि सहकारी हिंडेका सहकारी जुन प्राइभेट किसिमले चलेका छन्, त्यस्ता सहकारीहरू जोखिममा रहेको बताए ।
सहकारीका संस्थापक अध्यक्ष तथा संस्थाका संरक्षक नरेशबहादुर कार्कीले कास्कीका राम्रा भनेर चिनिने सहकारीहरुमध्ये चापापानी उत्कृष्ट सहकारी भएकोले सदस्यलाई आफ्नै सहकारीमा आर्थिक कारोबार गरी संस्थालाई बलियो बनाउनुपर्ने बताए ।
सहकारीका अध्यक्ष दीपक कार्कीले आगामी दिनमा खराब ऋणलाई कानुनी उपचार गरी उठाउन लागिएको बताउँदै सहकारीको मूल्य, मान्यता अनुसार चापापानी सहकारी चलेको बताए ।
सहकारी अध्यक्ष दीपक कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष श्यामप्रसाद साखीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । व्यवस्थापक करुणा शाहीले सहकारीको हालसम्मको वित्तीय अवस्थाबारे जानकारी गराएकी थिइन् ।
कार्यक्रममा सहकारीका शिक्षा संयोजक मनोहरि पौडेलले सहकारीका सात सिद्वान्त वाचन गरेका । सहकारी सचिव इन्दिरा भण्डारी कोइरालाले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय
आगलागीले सुन्तलाको बगैंचा सखाप
पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग
सामाजिक विकास केन्द्रद्वारा ३७७ जनालाई सेवा प्रदान
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१