पोखरा । दूध उत्पादक किसान र सरकारबीच ५ बुँदे सहमति भएको छ । शनिबार साँझ भएको वार्तामा सहमति भएको हो । कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसालको उपस्थितिमा भएको वार्तामा दूध बिक्री गरेबापत किसानले पाउने रकमको भुक्तानी हरेक उद्योगीले आउँदो चैत २१ सम्म गरिसक्नेलगायत सहमति भएको केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरले जानकारी दिए ।
उनका अनुसार उद्योगले सहकारीबाट खरिद गरेको दूधको परिमाणलाई नघटाइ मिल्क होलिडे नहुने गरी दूध खरिद गर्ने, उद्योगीको दूध तथा दुग्धजन्य पदार्थ निर्यातका लागि कृषि तथा पशुपक्षी मन्त्रालयले समन्वय गर्ने, निर्यात प्रवर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने, पशुपालक किसानलाई सरकारले दिँदै आएको बीमा कार्यक्रमलाई निरन्तरता दिने र केन्द्रीय दुग्ध सहकारी संघले राखेका माग सम्बोधनका लागि पहल गर्ने सहमति भएको हो ।
वार्तामा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा रेवतीरमण पौडेल र केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरलगायतको सहभागिता थियो । झण्डै ६ अर्ब रुपैयाँ दूधको भुक्तानी रोकिएको भन्दै किसान तथा संघ सङ्गठनले गएको फागुन १० गते चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरी विरोध प्रदर्शन गर्दै आएका थिए । अध्यक्ष कुँवरका अनुसार सरकारको सहमतिसँगै आन्दोलनका सबै कार्यक्रम स्थगित भएका छन् ।
Related News
सम्बन्धित समाचार
इन्द्रराज्यलक्ष्मी माविको ७१ औं वार्षिकोत्सव
छुट प्रदान गर्ने सम्झौता
‘मुख्यमन्त्रीको पिए हुँ’ भनी ठगी
सूर्यदर्शन सहकारीको अनुसन्धान प्रतिवेदन बुझाइयो
पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
hero news full width
मुख्य समाचार
आगलागीले सुन्तलाको बगैंचा सखाप
पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग
वैशाख २६, २०८१कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
वैशाख २६, २०८१गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१