पोखरा । समाजसेवा युवा क्लबले शनिबार बिहान मासबार वरपर सरसफाइ गरेको छ । आउँदै गरेको महाशिवरात्रिका अवसरमा पोखरा ७ मासबारको क्लब, पुष्करेश्वर शिव मन्दिर तथा श्रीकृष्ण माध्यमिक विद्यालयको खेल मैदान परिसरमा सरसफाइ गरिएको हो ।
कार्यक्रममा वडाको तर्फबाट पञ्जा हस्तान्तरण गर्दै पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्यले समाजलाई अगाडि बढाउन सबै सघंसस्था क्रियाशील हुनु पर्ने बताए । क्लबको नयाँ नेतृत्वले सरसफाई मार्फत् सामाजिक कार्यको शुभारम्भ गरेकामा खुसी व्यक्त गर्दै वडा मार्फत् गर्नुपर्ने सबै साथ र सहयोग हुने बताए । वडा सदस्य अर्जुनबहादुर थापाले सामाजिक कार्यमा सबै एकतावद्घ हुनुपर्ने बताए ।
कार्यक्रममा श्रीकृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समिति, पुष्करेश्वर शिव मन्दिर व्यवस्थापन समिति, मासबार आमा समूह, महिला विकासका लागि आमा समूह, महिला क्लब पोखरा, पोखरीपाटन टोल विकास संस्था, सुगम गहन टोल विकास संस्था, शान्तिनगर टोल विकास संस्था लगायता संघ सस्थाहरुले ऐक्यवद्घता जनाएका थिए ।
क्लब अध्यक्ष मधु अधिकारीले समाज सेवा युवा क्लब सबै सघंसस्थासँग हातेमालो गरी युवाहरुलाई जागरुक गराउँदै सामाजिक कार्यमा क्रियाशील रहन तयार भएको बताए । कार्यक्रम सञ्चालन क्लबका सचिव दिपीका पराजुलीले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
१०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
माछा मर्नेक्रम नरोकिएपछि आँधीमूलमा क्षमापूजा
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
पोखरा १५ मा अपांगता भएका २११ जना
आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१