पोखरा । हिमालय आँखा अस्पताल पोखराको ३१ औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाइएको छ ।
शुक्रबार अस्पताल परिसरमा आयोजित कार्यक्रममा मेडिकल डाइरेक्टर प्राडा इलिया श्रेष्ठले विभिन्न गतिविधिबारे प्रकाश पारिन् । उनले गत वर्ष अमेरिकी चिकित्सक टोलीलाई साँपुबारे प्रशिक्षणसमेत दिइएको जानकारी दिइन् । अस्पतालले कम शुल्कमा गुणस्तरीय आँखा उपचार प्रदान गर्दै आएको उनको भनाइ छ । ‘हामीले अनलाइन दर्ता सुरु गरेका छौं भने केही सेवाको शुल्कसमेत घटाएका छौं,’ प्राडा श्रेष्ठले भनिन् । अस्पतालको आइएसओ एर्टिफिकेसनको कामसमेत भइरहेको उनले जानकारी गराइन् ।
पोखराको घारीपाटनमा सञ्चालित अस्पतालले गएको वर्षमा ८ हजार ८ सय ४६ जनाको आँखाको शल्यक्रिया गरेको छ । स्थापनाको ३ दशकको यात्रामा गएको वर्ष इतिहासमै सबैभन्दा बढीलाई अस्पतालले सेवा दिएको छ । गएको वर्ष अस्पतालमा १ लाख ९१ हजार १ सय ९० जनाले ओपिडीमा सेवा लिएका थिए । अस्पतालले ३ दशकको यात्रामा ओपिडीमा ३८ लाखलाई सेवा दिएको छ भने १ लाख ४७ हजार ५ सय २५ जनाको आँखाको शल्यक्रिया गरिएको छ । वार्षिकोत्सवमा अस्पतालले सर्वाेत्कृष्ट विभागका रुपमा शल्यक्रिया विभागलाई पुरस्कृत गरेको छ । विभागका सबै सदस्य जनही ५ हजार र सम्मानपत्रसहित पुरस्कृत भएका छन् ।
यसैगरी, सर्वाेत्कृष्ट प्राविधिक कर्मचारीमा अस्मिता पौडेल र प्रशासनिक कर्मचारीबाट धनबहादुर लामा पुरस्कृत बने । उनीहरुलाई जनही नगद २० हजार सम्मानपत्र प्रदान गरियो । कार्यक्रममा नेपाल नेत्रज्योति संघ कास्कीका पूर्वअध्यक्ष प्राडा दिलबहादुर क्षेत्रीले नेपालको आँखा उपचारको क्षेत्रमा ठूलो योगदान गरिरहेको हिमालय आँखा अस्पताललाई सबै क्षेत्रले सघाउनुपर्नेमा जोड दिए । आइकेयर फाउन्डेसन नेदरल्यान्डका अनिल गोर्खालीले २८ वर्षदेखि हिमालय आँखा अस्पतालासँग सहकार्य गरिरहेको र यो निरन्तर हुने प्रतिवद्धता गरे ।
फाउन्डेसनले सन् २०२४ मा अस्पताललाई २ करोड ४६ लाख र कर्णालीमा आँखा शिविरका लागि थप २० लाख दिने भएको छ ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघ कास्की अध्यक्ष वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले मनकारीहरुको साथ, सहयोगले अस्पताल यहाँसम्म आइपुगेको जनाए । संघका सचिव नारायण बरालका अनुसार करिब ६० रोपनीमा रहेको यो अस्पतालमा अहिले १ सय २० जना कर्मचारी छन् ।
Related News
सम्बन्धित समाचार
पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय
आगलागीले सुन्तलाको बगैंचा सखाप
पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग
सामाजिक विकास केन्द्रद्वारा ३७७ जनालाई सेवा प्रदान
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१