पोखरा । पोखरा–५, मालेपाटनस्थित हिलसाइड इङ्लिस माध्यमिक विद्यालयको २९ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह सोमबार सम्पन्न भयो ।
समारोह उद्घाटन गर्दै वडाध्यक्ष विष्णुप्रसाद बरालले हिलसाइड वडाकै नमुना विद्यालय भएको जनाए । उनले अध्ययनलाई जागिरसँग नजोड्न सुझाव दिए । वार्षिकोत्सव विद्यार्थी तथा अभिभावकको चाड भएको उल्लेख गर्दै उनले आफ्नो क्षमता चिन्न विद्यार्थी समच्छे आग्रह गरे ।
एनप्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारीले विकासमा शिक्षाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै संस्कारयुक्त शिक्षा आजको आवश्यकता भएको धारणा राखे । त्यस अवसरमा महानगर शिक्षा अधिकृत रामप्रसाद तिवारी, वाराही माविका प्रधानाध्यापक शिवप्रसाद भण्डारी, अभिभावक सुरज पौडेल लगायतले पनि भनाइ राखे ।
कार्यक्रमबीच उत्कृष्ट शिक्षकको रुपमा अनिता पौडेल र दीपा क्षत्री एवं उत्कृष्ट कर्मचारीको रुपमा तारा क्षत्री र रामबहादुर मगर सम्मानित भए । विद्यार्थीले विभिन्न प्रस्तुति देखाए भने ८ विद्यामा विद्यार्थी पुरस्कृत भए ।
पूर्व प्रअ नारायणप्रसाद भण्डारीले घर जस्तो विद्यालय र विद्यालयजस्तो घर निर्माण गर्नुपर्ने भन्दै विद्यार्थीमा माया, सद्भाव, हार्दिकता तथा प्रेम जागरण गर्नुपर्ने उल्लेख गरे ।
प्रअ आरती सुवेदीले विद्यालय प्रतिवेदन पेश गर्दै छिट्टै प्लस टु सञ्चालन गर्ने तयारी भइरहेको स्पस्ट पार्दै गुणस्तर वृद्धि गर्न विद्यालय प्रयासरत रहेको सुनाइन् ।
विद्यालय उपाध्यक्ष डिल्लीराम पराजुलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रधानाध्यापक भण्डारी तथा विद्यार्थी एञ्जल लामिछानेले स्वागत, विद्यालय निर्देशक लीलाप्रसाद पराजुलीले धन्यवाद ज्ञापन एवं शिक्षक मीनप्रसाद सुवेदीले सञ्चालन गरे ।
कक्षा नर्सरीदेखि १० सम्म सञ्चालित विद्यालयमा हाल ५ सय ५० विद्यार्थी पढ्छन् ।
Related News
सम्बन्धित समाचार
पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
hero news full width
मुख्य समाचार
जिबी राईको राहदानी रद्द भएन
मन्त्रीपरिषदबाट १६ औँ पञ्चवर्षीय योजना पारित
जेठ १, २०८१गर्मीले भकाभक कुखुरा मर्दा मासु अचाक्ली महँगो
जेठ १, २०८१कांग्रेस नेता खगेन्द्रराज रेग्मीको निधन
जेठ १, २०८१पहिले छाती नाप्न गल्ला आउँथे, अहिले एजेन्ट
वैशाख ३१, २०८१जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
वैशाख ३०, २०८१