पोखरा । पोखरा ८, नागढुंगास्थित न्यू मोडल माध्यमिक विद्यालयको शनिबार ४३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ । समारोहको उद्घाटन गर्दै गण्डकी प्रदेश शिक्षा निर्देशनालयका निर्देशक अम्बिकाप्रसाद आचार्यले विद्यालयले नामअनुसार समयसापेक्ष काम गरेको बताए । उनले विद्यार्थीलाई स्वदेशमै बस्न सक्ने सम्भावना छ भनी त्यही जनशक्ति तयार पारेर उत्प्रेरित गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा प्याब्सन कास्कीका उपाध्यक्ष विष्णुप्रसाद तिमिल्सिना, शिक्षाविद् प्राज्ञ ऋषि काफ्ले, विद्यालयका निर्देशक भरत गौतम, अभिभावक सुरेश रानाभाट, भूपू विद्यार्थी तुलसी खत्री, विद्यार्थी प्रशंसा शर्माले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा विद्यालय प्राचार्य लक्ष्मण पोखरेलले विद्यालयका शैक्षिक प्रगति विवरण प्रस्तुत गर्दै विद्यालयले शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा जिल्लामै उत्कृष्ट नतिजा दिँदै आएको बताए ।
विद्यालय सञ्चालक समिति अध्यक्ष प्रभा बराल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत विद्यालय सञ्चालक समिति सदस्य क्षेत्रबहादुर क्षत्री, सञ्चालन सहायक प्राचार्य पदम बस्ताकोटीले गरेका थिए । २०३७ सालमा स्थापित विद्यालयमा हाल नर्सरीदेखि १२ सम्म ७ सय विद्यार्थी पढ्छन् । प्लस टुतर्फ व्यवस्थापन तथा होटल म्यानेज्मेन्टको पढाइ हुने गरेको सहायक प्राचार्य बस्ताकोटीले बताए ।
सो अवसरमा विद्यार्थीले प्रस्तुत गरेको भजनले सबैको ध्यान खिचेको थियो । उनीहरुले शिक्षाको महत्व, देशप्रेमसहित समसामयिक विषयमा खैंजडी, मुजुरा र मादल बजाएर भजन गाएका हुन् । साथै, फेसन सो, लघु नाटक, तेक्वान्दोसमेतले आकर्षित गरेको थियो । विद्यालय परिसरमा दिनभरजसो चलेको समारोहमा विद्यार्थीले सांस्कृतिक कार्यक्रमतर्फ दर्जन बढी नृत्य, गायन प्रस्तुत गरे । कार्यक्रममा विद्यालयले शैक्षिक सत्र–२०७८÷०७९ तर्फ विद्यार्थीलाई विभिन्न पुरस्कार वितरण गरिएको विद्यालयका निर्देशक भरत गौतमले बताए ।
लामो समयसम्म शिक्षण गराउने कृष्ण गुरुङ र शान्ता देवकोटालाई सम्मान गरियो भने उत्कृष्ट शिक्षक केशमाया गुरुङ बनिन् ।
Related News
सम्बन्धित समाचार
इन्द्रराज्यलक्ष्मी माविको ७१ औं वार्षिकोत्सव
छुट प्रदान गर्ने सम्झौता
‘मुख्यमन्त्रीको पिए हुँ’ भनी ठगी
सूर्यदर्शन सहकारीको अनुसन्धान प्रतिवेदन बुझाइयो
पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
hero news full width
मुख्य समाचार
आगलागीले सुन्तलाको बगैंचा सखाप
पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग
वैशाख २६, २०८१कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
वैशाख २६, २०८१गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१