पोखरा । सहश्राव्दी पदमार्ग (मिलेनियम ट्रेक) सँग जोडिएका स्थानका सर्वसाधारणलाई उत्पादनमार्फत पर्यटनसँग जोडिनुपर्ने आवश्यकता औंल्याइएको छ ।
मिलेनियम ट्रेक व्यवस्थापन समिति आयोजनामा पदमार्ग क्षेत्रका स्थानीयवासी, जनप्रतिनिधि एवं घरबास सञ्चालकबीच भएको अन्तक्र्रियाका वक्ताले पदयात्रा पर्यटनको प्रवद्र्धनसँगै उत्पादनसँग जोडिन सकेमा अधिकतम लाभान्वित हुन सकिने बताए ।
तनहुँको दुलेगौडादेखि स्याङ्जाको रामबाछा जोडिने पदमार्गलाई पुनः नक्सांकन गरी पोखरा महानगरसहितका क्षेत्र समेटिएसँगै सम्बद्ध क्षेत्रका जनप्रतिनिधि, घरवास सञ्चालकसहित अन्तरक्रिया गरिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए । पछिल्लो समय नेपालको एक मात्र मध्यपहाडी क्षेत्रको सहश्राव्दी पदमार्गमा स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षण बढीरहेको बताउँदै उहाँले पदमार्ग क्षेत्रका स्थानीयले यसबाट अधिकतम लाभ लिन कृषिजन्य उत्पादनसँग जोडिनुुको विकल्प नभएको बताए ।
विरुवा गाउँपालिका अध्यक्ष सूूर्यबहादुर कुँवरले सहश्राव्दी पदमार्गलाई कृषि र पर्यटनसँग जोड्नुुपर्ने बताए । पदयात्रा पर्यटनको विकाससँगै उत्पादित बस्तुको बजार सहज हुने बताउँदै उने यसको अधिकतम उपयोगका लागि उत्पादनसँग जोडिनुुको विकल्प नहुुने धारणा राखे ।
पर्यटन विज्ञ डा. श्रीकान्त खतिवडा, भूूगोल विभाग पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक एवं पुनःनक्सांकन उपसमिति संयोजक डा. रामजी पोखरेल, भूूगोल विभाग पृथ्वीनारायण क्याम्पसका विभागीय प्रमुख नरेश पौडेल, मिलेनियम ट्रेक व्यवस्थापन समितिका उपाध्यक्ष थमबहादुर आले लगायतले पदमार्ग क्षेत्रका स्थानीयले उत्पादनमार्फत आयआर्जन गरी लाभान्वित हुने सक्नेमा जोड दिए ।
सन् २००० देखि सञ्चालनमा आएको यस पदमार्ग कोरोना कहरका समयमा सुस्ताए पनि पछिल्ला समयमा पर्यटकको बढ्दो आकर्षणले आफूहरू उत्साहित बनेको मिलेनियम ट्रेक व्यवस्थापन समिति सदस्य एवं मिलेनियम भैंसेगौंडा सामुदायिक होमस्टे अध्यक्ष बालकुुमार गुरुङले बताए ।
Related News
सम्बन्धित समाचार
कानुन निर्माणका लागि सरोकारवालाबीच अन्तक्र्रिया
हाइकर्स क्लब टोली कालाबाङ घरेडीमा
‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’
होमस्टे महासंघको प्रशिक्षक प्रशिक्षण
बाराही जंगल लजले गर्यो निकुञ्ज क्षेत्रमा सरसफाई, ३ ट्याक्टर फोहर संकलन
hero news full width
मुख्य समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१