पोखरा । जावलाखेल युथ क्लब २३ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा सोमबार तेस्रो क्वाटरफाइनलमा मनाङ मस्र्याङ्दी क्लबलाई सडन डेथको शिकार बनाउँदै जावलाखेलले थ्रिस्टारसँग भेट सुनिश्चित गरेको हो ।
सडन डेथमा मनाङका रणदीप पौडेलको प्रहार विपक्षी जावलाखेलका कीपर युनिष महर्जनले उत्कष्ट बचाऊ गरेपछि जित सुनिश्चित भएको हो । पहिलो ५ पेनाल्टीमा दुवै पक्षबाट ४–४ गोलको बराबरी भएको थियो । त्यसपछि ७–७ पेनाल्टीमा समान ६ गोल भयो । जावलाखेलका शिशिर लेखीले ६–५ को स्थितिमा ल्याए । लगत्तै मनाङका कीपर जियारथ शेख आफैं अघि बढे । उनले प्रहारबाट नतिजा ६–६ मा आयो । लगत्तै, जावलाखेलका प्रदीप बुढाथोकीको पेनाल्टी सुटआउटमार्फत ७–६ को स्थितिमा आउँदा रणदीपको निर्णायक प्रहारमा कीपर युनिश चम्किएका हुन् । उनले उत्कृष्ट बचाउ गरे । आहा राराको २३ औं संस्करणसम्म पहिलो संस्करण (क्याराभान) बाहेक अन्य संस्करणमा यसखालको नतिजा आएको थिएन ।
निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित ९० मिनेटसम्म दुवै पक्षबाट १–१ को बराबरीपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि निर्णयार्थ पेनाल्टी सुटआउटको सहारा लिनुपरेको हो ।
निर्धारित समय सकिनै लाग्दा मनाङले गोल गर्दै बराबरी खेले पनि अन्ततः पहिलो खेलबाटै पराजित हुनुपरेको छ । जबकि मनाङ आहारारामा पुलिस समान सर्वाधिक ६ पटकको विजेता हो ।
पहिलो हाफसम्म दुवै टिमले गोलरहित बराबरी खेलेकोमा जावलाखेलले ५५ औं मिनेटमा अग्रता लिएको हो । सुदीप श्रेष्ठले दिएको पासमा हिसुब थपलियाले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका हुन् । उनले सुदीपबाट प्राप्त पासलाई पेनाल्टी बक्समा अघि बढाउँदै प्रहार गरेको बल अन्ततः जाली चुमेको हो । मनाङले ८९ औं मिनेटमा राजेश परियारको मद्दतमा गोल गर्दै बराबरी खेलेको हो । त्यसअघि, मनाङ र जावलाखेलका २ प्रहार क्रसबारमा लागेर फर्फिंदा दुर्भाग्य बनेको थियो ।
जीतसँगै जावलाखेलले २०६८ सालको उपाधि भिडन्तमा बेहोरेको हारको बदलासमेत लिएको छ । त्यसबेला मनाङले जावलाखेललाई १–० ले पराजित गरेको थियो । आहारारामा सफल क्लब मनाङले हालसम्म २० संस्करण खेलिसकेको छ । उसले २०६०, २०६१, २०६८, २०७२, २०७३, २०७६ मा उपाधि जितेको थियो ।
मंगलबार चौथो तथा अन्तिम क्वाटरफाइनलमा नेपाल पुलिस क्लब र चर्च ब्याइज युनाइट क्लबीच प्रतिस्पर्धा हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ । यी दुईबीचको विजेताले त्रिभुवन आर्मी क्लबसँग १८ माघमा दोस्रो सेमिफाइनलमा खेल्नेछ ।
Related News
सम्बन्धित समाचार
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
hero news full width
मुख्य समाचार
जिबी राईको राहदानी रद्द भएन
राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
जेठ १, २०८१मन्त्रीपरिषदबाट १६ औँ पञ्चवर्षीय योजना पारित
जेठ १, २०८१गर्मीले भकाभक कुखुरा मर्दा मासु अचाक्ली महँगो
जेठ १, २०८१