पोखरा । २३ औं आरा रारा पोखरा गोल्डकपमा दर्शक हितमा नयाँ अभ्यास सुरु भएको छ । प्रतियोगिता हेर्न पोखरा रंगशाला जाने दर्शकले दैनिक ५ हजार जित्न सक्ने भएका छन् ।
नेपाल फोटो पत्रकार संघ कास्कीको समन्वयमा दर्शक प्रोत्साहनस्वरुप ‘फ्यान अफ दी म्याच’ घोषणा गरिनेछ । यसरी उपाधि जित्नेलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको रौनक बढाउँदै दर्शकलाई रंगशालासम्म ल्याउन यस्तो अभ्यास सुरु भएको अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितले बताए।
सहारा क्लब पोखराका संस्थापक कोषाध्यक्ष रामचन्द्र गुरुङ र उनकी धर्मपत्नी उमाले पुरस्कारको प्रायोजन गरेका छन् । गुरुङ दम्पती बेलायत बस्दै आएका छन्।
कुनै पनि टिमका फ्यान (दर्शक) मध्ये उनीहरुको कलाकृति, हाउभाउ लगायत विभिन्न मापदण्ड आधारमा ‘फ्यान अफ दी म्याच’ का लागि निर्णायक समितिलाई फोटो सिफारिस गरिने र तीमध्ये एकलाई पुरस्कृत गरिने नेपाल फोटो पत्रकार संघ कास्की दुर्गाप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार मंगलबार उद्घाटन खेलमा अशोक परियार ‘फ्यान अफ दी म्याच’ बन्दै नगद १ हजार प्राप्त गरे ।
बुधबारदेखि भने पुरस्कार राशि बढाइएको छ । बुधबार विष्णु भण्डारीले उक्त उपाधि जित्दै नगद ५ हजार प्राप्त गरेको अध्यक्ष पौडेलले बताए । उनलाई नेपाल फोटो पत्रकार संघ गण्डकी अध्यक्ष राम गुरुङले पुरस्कार हस्तान्तरण गरे ।
सहारा क्लब पोखरा आयोजनामा भएको प्रतियोगितामा १२ टिमले भाग लिएका छन् । विजेताले १२ लाख र उपविजेताले ६ लाख प्राप्त गर्ने छन् । उद्घाटनमा आयोजकलाई हराउँदै थ्रि स्टार र दोस्रो खेलमा बुधबार राइजिङ स्टार क्लबलाई पाखा लगाउँदै विभागीय त्रिभुवन आर्मी क्लब क्वाटरफाइनल पुगिसकेका छन् ।
बिहीबार मच्छिन्द्र र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल २० माघमा हुने आयोजक क्लब अध्यक्ष केशवराज बरालले बताए ।
Related News
सम्बन्धित समाचार
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
hero news full width
मुख्य समाचार
जिबी राईको राहदानी रद्द भएन
राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
जेठ १, २०८१मन्त्रीपरिषदबाट १६ औँ पञ्चवर्षीय योजना पारित
जेठ १, २०८१गर्मीले भकाभक कुखुरा मर्दा मासु अचाक्ली महँगो
जेठ १, २०८१