होमस्टेमा प्रवद्र्धनमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण

आदर्श समाज सम्वाददाता
माघ ८, २०८०
Homestay pkr

पोखरा । होमस्टे आन्तरिक पर्यटकले भरिभराउ हुने गरेका छन् । सहरको कोलाहाल र व्यस्त जीवनबाट मुुक्त ग्रामीण परिवेशमा आनन्द लिन होमस्टेमा जानेहरूको संख्या बढेको हो । होमस्टेमा आउने आन्तरिक वा बाह्य पर्यटकलाई स्थानीय उत्पादनका परिकार खुवाउन र ग्रामीण परिवेश कायम राख्न सके रोजगारीसँगै आर्जन राम्रो हुनसक्नेमा जोड दिइएको छ । प्रेस क्लब गण्डकीले वार्षिक साधारणसभाको अवसरमा ‘आन्तरिक पर्यटन प्रवद्र्धनमा होमस्टे र सञ्चारकर्मीको भूमिका’ विषयक अन्तक्र्रियाका वक्ताले सो कुरामा जोड दिएका हुन् । उनीहरूले स्थानीय उत्पादन, मौलिक कला र संस्कृति पस्कन सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न सकिने विचार व्यक्त गरे ।

होमस्टेहरू विशेष गरी शुक्रबार, शनिबार र बिदाका दिनमा होमस्टेमा आउनेहरूको संख्या बढेको पोखरा १६ मा रहेको रिंन्जे नासा होमस्टेका अध्यक्ष एवं सञ्चालक शमशेरबहादुर गुुरुङ बताउँछन् । उनले होमस्टेले रोजगारी र आयआर्जन दुवै हुने भएकाले व्यवस्थित रुपमा सञ्चालन गर्दा रोजगारीका लागि विदेशमा भौतारिनुु नपर्ने बताए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीले होमस्टेमा गरिएको स्वागत र गाउँको विशेषताबारे दिइएको जानकारीबाट प्रभावित भएको बताए । पुराना संस्कार, संस्कृति र भाषा लोप हुने अवस्थामा पुगेकोले तिनको संरक्षणका लागि सबै जुट्नुपर्नेमा उनले जोड दिए । पश्चिमा संस्कृतिको हस्तक्षेपका कारण नेपालीपन हराउँदै गएकोतर्फ सजग हुनुपर्ने उल्लेख गरे ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं प्रेस क्लब गण्डकीका सल्लाहकार सरिता तिमिल्सिना पंगेनीले होमस्टेले पर्यटन प्रवद्र्धनमा निकै महत्वपूर्ण भूमिका खेलेको बताउँदै प्रचारप्रसारका लागि पत्रकारहरूले सहयोग गर्ने बताइन् ।

पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले ग्रामीण परिवेश, त्यहाँको रहनसन, कला र संस्कृति बुुझाउन होमस्टे महत्वपूर्ण माध्यम बनेको बताउँदै स्थानीयले आर्थिक रुपमा समेत फाइदा दिनसक्ने बताए ।

पत्रकार महासंघ कास्कीका सचिव माधव बरालले पत्रकारिताका माध्यमबाट ओझेलमा परेका तर सम्भावना बोकेका गाँउहरूको प्रचारमा भूमिका खेल्ने बताए । प्रेस चौतारीका केन्द्रीय महासचिव एवं क्लबका सल्लाहाकार सुुष्मा पौडेलले पछिल्लो समय होमस्टेहरू आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको बताउदै स्थानीय उत्पादन र मौलिक संस्कृतिले आर्थिक विकासमा टेवा पुुग्ने विश्वास व्यक्त गरिन् ।

पोखरा १६ का वडासदस्य रामचन्द्र आचार्यले ग्रामीण क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय सहकार्य गरेर आगडि बढनुपर्नेमा जोड दिए । प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजाराम पौडेल र सचिव गौरव त्रिपाठीले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • वेगनास तालको प्रवद्र्धन गर्दै स्थानीय

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा ।  गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले वेगनास तालको संरक्षणसँगै आवश्यक पूर्वाधार विकास गरी महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य रुपमा अघि बढाउनुपर्नेमा…
  • कानुन निर्माणका लागि सरोकारवालाबीच अन्तक्र्रिया

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    स्याङ्जा । गुणस्तरीय बस्तु तथा सेवाको आपूर्ति तथा बजार अनुगमनसम्बन्धी आवश्यक ऐन, कानुन निर्माणका लागि सुझाव संकलन गर्ने उद्देश्यले स्याङ्जा…
  • हाइकर्स क्लब टोली कालाबाङ घरेडीमा

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । हाइकर्स क्लब नेपालको आयोजनामा आयोजित हाइकिङ भाग ४६ को अवसरमा कालाबाङ घरेडी सामुदायिक होमस्टेको प्रवद्र्धन गरेको छ ।…
  • ‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’   

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    गण्डकी । पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स कार्ड) जाँच गर्न ‘चेकपोष्ट’ नहुँदा पदयात्री अवैध रूपमा प्रवेश गर्ने क्रम बढेको सूचनासँगै…
  • होमस्टे महासंघको प्रशिक्षक प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । राष्ट्रिय होम स्टे महासंघ आयोजनामा सातदिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । तालिम समापनको अवसरमा उद्योग, पर्यटन,…

hero news full width