पोखरा । कास्कीको लेखनाथमा गत २४ मंसिरमा कार ठक्करबाट स्कुटरमा सवार २ जना युवतीको मृत्यु भएको घटनामा कार चालक मानबहादुर बानियाँ पुर्पक्षका लागि कारागार चलन भएका छन् ।
सवारी ज्यानसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यको इजलासले आइतबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । उक्त घटनामा डिल्लीराम बरालसमेतले चार चालक बानियाँलाई विपक्षी बनाई उजुरी दिएका थिए ।
पृथ्वी राजमार्गअन्तर्गत लेखनाथको सुन्दरीबजारमा कारले स्कुटरलाई ठक्कर दिँदा गण्डकी मेडिकल कलेजमा अध्ययनरत् पोखरा २५, हेमजाकी २३ वर्षीया अनिशा खड्का र पोखरा ५, जिरो किमीकी २४ वर्षीया भावना बरालको मृत्यु भएको थियो ।
पोखराबाट तालचोकतर्फ जाँदै गरेको बिएए ००४१ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको ग १३ प ३५७८ नम्बरको स्कुटरलाई उक्त दिन दिउँसो ४ बजेर १५ मिनेटमा ठक्कर दिएको हो ।
यसैबीच, उक्त मुद्दामा आइतबार अदालतमा थुनछेक बहस हुने थाहा पाएपछि आरोपीलाई रिहा नगर्न नहुने माग गदै मृतकका आफन्त, आमा समूह, क्लब तथा स्थानीयले अदालतमा नाराबाजी गरेका थिए । हेमजाकी गीता केसीले चालकको लापरबाहीले होनहार छोरीचेलीको मृत्यु हुनु दुःखद भएको बताउँदै दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने बताइन् ।
Related News
सम्बन्धित समाचार
पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
आगलागीले सुन्तलाको बगैंचा सखाप
पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग
सामाजिक विकास केन्द्रद्वारा ३७७ जनालाई सेवा प्रदान
लिटल फ्लावरमा विविध कार्यक्रम
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१