पोखरा । पोखरामा प्रथम प्रादेशिक कृषि यान्त्रिकीकरण प्रदर्शनी–२०८० तयारी गरिएको छ । पुस २० देखि २२ सम्म पोखरा प्रदर्शनी केन्द्र, नयाँबजारमा हुने प्रदर्शनी तयारी अन्तिम चरणमा पुगेको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
गण्डकी प्रदेश, कृषि विकास निर्देशनालय–मालेपाटन, पोखरा महानगरपालिका, नेपाल सरकार, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकीकरण प्रवद्र्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा हुने प्रदर्शनीमा १० भन्दा बढी मुलुकका १ हजारभन्दा बढी प्रकारका कृषियन्त्र, औजार, उपकरण तथा प्रविधि रहने नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष कृष्ण शर्माले बताए । उनका अनुसार ४० जिल्लाका करिब ३० हजारले प्रदर्शनी अवलोकन गर्ने छन् ।
एकै थलोमा कृषिसम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, उपकरण, यन्त्रहरू तथा सेवाबारे जानकारी गराउन यो प्रदर्शनी फलदायी हुुने कृषि निर्देशक वासु रेग्मीले बताए । प्रदर्शनीले नीति निर्माता, पेसागत समूह, अनुसन्धानकर्ता, कृषकलगायत सरोकारवालालाई कृषि यन्त्र तथा प्रविधिसम्बन्धी जानकारीसँगै कृषि यान्त्रिकीकरण प्रविधि तथा सेवाको आन्तरिक बजार प्रवद्र्धनमा योगदान पुर्याउन सहयोग पुग्ने उनको भनाइ थियो ।
कृषि यान्त्रिकीकरण व्यवसायी र किसानबीच कार्यगत समन्वय गरी लगानीको अवसर सिर्जना गर्न प्रदर्शनी फलदायी हुने पोखरा महानगर कृषि शाखा प्रमुख मनोहर कडरियाले बताए । कृषिका नयाँ प्रविधिसम्बन्धी विभिन्न क्षेत्रमा काम गरिरहेका उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक, नीति निर्माता, कृषि विज्ञसँगै किसानबीच समन्वय र सहकार्यको वातावरण सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
प्रदर्शनीमा ४५ लाख बराबरको खर्च लाग्ने नेपाल कृषि मेसिनरी व्यवसायी संघ अध्यक्ष कृष्ण शर्माले जानकारी दिए । अनुमानित कारोबार ५ करोडभन्दा माथि हुने अपेक्षा आयोजकले राखेको सो प्रदर्शनीमा मेड इन नेपाल स्टलसँगै कृषि यान्त्रिकीकरण प्रवद्र्धनसम्बन्धी गोष्ठी/सेमिनार, रैथाने बालीहरूको परिकार प्रदर्शन तथा कृषि जैविक विविधता संरक्षणसम्बन्धी प्रदर्शनी, रैथाने बाली एवं कृषि जैविक विविधता संरक्षणसम्बन्धी छलफल/अन्तक्र्रिया हुने जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
कृषि सञ्जाल पोखरा ६ द्वारा कम्पोस्ट बिन र कुटो वितरण
पोखरा २८ मा कृषियन्त्र र मौरी घार वितरण
धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
अन्नपूर्णमा धानखेती तालिम
किसानलाई मौरीसहितको घार अनुदानमा
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१