दैवज्ञराज न्यौपाने प्रतिष्ठानबाट गण्डकीका ४ स्रष्टा पुरस्कृत हुँदै

आदर्श समाज सम्वाददाता
मंसिर २५, २०८०
daibagya

पोखरा । दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानले गण्डकीका ४ साहित्यकारलाई पुरस्कृत गर्ने भएको छ । प्रतिष्ठानले ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार राशि रहेको दैवज्ञ विशिष्ट स्रष्टा सम्मानबाट शताब्दी काव्य पुरुष गोपाल वैद्य ‘किञ्जल्क’ लाई पुरस्कृत गर्ने भएको छ ।

३३ हजार ३ सय ३३ रुपैयाँ राशि रहेको दैवज्ञ साहित्य पुरस्कार अग्रज कवि गोविन्दराज विनोदीलाई प्रदान गरिनेछ । यसैगरी, दैवज्ञ बालसाहित्य पुरस्कारबाट वरिष्ठ बालकवि तथा बालसाहित्य स्रष्टा रामबाबु सुवेदी र दैवज्ञ समाजसेवा पुरस्कारबाट अलि मियाँ लोक वाङ्मय प्रतिष्ठान, पोखरालाई सम्मान गर्ने भएको छ ।

यी दुवै पुरस्कारको राशि ३३ हजार ३ सय ३३ रुपैयाँ छ । प्रतिष्ठानले ती सम्मान र पुरस्कार प्रेरणा पुरुष कवि दैवज्ञको स्मृति दिवसका अवसर मंसिर ३० गते पोखरामा प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष डा. केदार न्यौपानेले बताए ।

Related News

सम्बन्धित समाचार

  • बेलायतमा ‘प्रकट’ र ‘पारिजात’को स्मरण

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास बेलायत शाखाले साउथ ह्यारोमा विविध कार्यक्रमका साथ साहित्यकार प्रकट पगेनी शिवको श्रद्धान्जली सभा…
  • ७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रकृति र संस्कृतिको माध्यमबाट पोखरामा पर्यटकको आगमन बढाउन सकिने बताउनुभएको छ । शनिबार गण्डकी…
  • नरहरिको उपन्यास ‘शान्ति’ लोकार्पण

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । शिक्षासेवी तथा साहित्यकार नरहरि भट्टराईको शान्ति नायक उपन्यास शनिबार लोकार्पण गरिएको छ । शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गरेको…
  • ‘क्यानभास’ मा धार्चेको कलासंस्कृति र भूगोल

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    काठमाडौं । मनास्लु र गणेश हिमाल आरोहण पदमार्गको प्रवेशद्वारका रूपमा रहेको गोरखाको धार्चे गाउँपालिकाका कलासंस्कृति र भूगोललाई ‘क्यानभास’ मा उतारिएको…
  • गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन् । गण्डकी प्रज्ञा–प्रतिष्ठानले तेस्रो वार्षिकोत्सवको…

hero news full width