पोखरा । केपी ओली कप टि–२० क्रिकेट प्रतियोगिताअन्र्तगत शुक्रबारको खेलमा वागमती र गण्डकी प्रदेश विजयी भए ।
मदन भण्डारी स्पोर्टस् एकेडेमी आयोजनामा पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगितामा दोस्रो जित दर्ता गर्दै वागमती प्रदेश सेमिफाइनल प्रवेश गरेको छ । उद्घाटन खेलमा वागमतीले आयोजक मदन भण्डारी स्पोटर््स एकेडेमीलाई हराएको थियो भने शुक्रबार कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्यो ।
कर्णालीविरुद्धको खेलमा टस जितेर ब्याटिङमा उत्रिएको वागमतीले ६ विकेटको क्षतिमा १८९ रनको विशाल स्कोर खडा गरेको थियो । वागमतीका लागि रीत गौतम र इशान पाण्डेले व्यक्तिगत अर्धशतकीय पारी खेले । खेलमा इशान म्यान अफ दि म्याच घोषित भए । वागमतीका लागि रीत र इशानले १४३ रनको साझेदारी गरे । रीतले १० चौका र २ छक्का प्रहार गर्दै ५९ बलमा व्यक्तिगत ८२ रनका योगदान दिँदा यस्तै इशानले ४ चौका र ६ छक्काकोे मद्दतले ३८ बलमा ७० रन बनाए ।
प्रतिश जिसी भने १२ रनमा नटआउट रहँदा टिम कप्तानसमेत रहेका सन्दीप लामिछाने भने शून्य रनमा पेभिलियन फर्किन पुगे । उनी दिनेश अधिकारीको बलमा बोल्ड भए । कर्णालीका लागि दिनेश अधिकारीले ३ विकेट लिए ।
कर्णाली भने १७ ओभर ३ बल खेल्दै ९९ रनमा अलआउट हुन पुग्यो । वागमतीका लागि ३ ओभर ३ बलमा सन्दीप लामिछानेले ९ रन दिँदै ४ विकेट हात पार्दा कर्णाली धराशायी बन्यो ।
कर्णालीका कप्तान रवीन्द्र शाही १९ बल खेल्दै ३ चौकासहित २० रन बनाए । यस्तै अर्जुन घर्तीले २३ बल खेल्दै ३ चोका र १ छक्का हान्दै २४ रनमा बनाए । विपीन शाही २१, दीपेन्द्र रावत १२ रन जोडे । अन्य खेलाडीले भने दोहोरो अंक छुन सकेनन् । वागमतीका लागि दीपेश श्रेष्ठले २ विकेट लिन सफल भए । त्यसैगरी प्रतिश जिसी, रिजन ढकाल, सुवास खत्री र इशान पाण्डेले समान १–१ विकेट हात पारे ।
प्रतियोगिताको दोस्रो दिन गण्डकीले एपिएफलाई र वागमतीले कर्णाली प्रदेशलाई हराएका हुन्
दोस्रो खेलमा गण्डकी प्रदेशले विभागीय टोली एपिएफलाई ४ विकेटले पराजित गरेको छ । गण्डकीले अन्तिम २ बल बाँकी हुँदै १०२ रनको लक्ष्य भेट्टाएको थियो । गण्डकीले १९.४ ओभरमा ६ विकेट गुमाउँदै १०४ रन बनायो ।
टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले १८.४ ओभरमा सबै विकेट गुमाउँदै १०१ रन बनायो । गण्डकीका बलरले आफ्नो होम ग्राउन्डमा उत्कृष्ट बलिङको नमुना पेस गर्दै एपिएफलाई दबाबमा राखेका थिए । एपिएफका कप्तान प्रदीप ऐरीले २३ बलमा २० रन जोडे । उनले आफ्नो पारीमा २ चौका १ छक्का प्रहार गरे । उनी कमल परियारको बलमा एलबिडब्लु धरापमा परे । एलबिडब्लु डिसिजनमा आउट भएका अर्का ओपनर आसिफ शेखले १२ रन जोडे । उनलाई विपीन खत्रीले आउट गरे । भुवन कार्की र सुमीत महर्जनले एपिएफका लागि १४–१४ रन बनाउँदा लोकेश बमले १२ रन जोडे ।
म्यान अफ दि म्याच अमृत गुरुङ, विपीन खत्री, चन्द्र पौडेल, र कमल परियारले समान २–२ विकेट हात पार्दा दिनेश बुढामगर र सुदीप अर्यालले १–१ विकेट लिए ।
अन्तिम ओभरको खेल चलिरहँदा लगातार दुई विकेट गुमाउँदै लरखराएको गण्डकीलाई अमृत गुरुङले छक्का प्रहार गर्दै जित दर्ता गराएका थिए । जवाफी ब्याटिङका लागि उत्रिएको गण्डकीले स्कोर बोर्डमा २६ रन जोड्दा पहिलो विकेट गुमाउन पुग्यो । ओपनर किरण पौडेल ७ रनमा अमर रौतेलको बलमा पेभिलिएन फर्किंदा अर्का ओपनर गौरव विकले ११ रनको व्यक्तिगत स्कोरमा इरशाद अहमदको बलमा सन्दीप जोराको हातबाट क्याच आउट हुन पुगे ।
त्यस्तै गण्डकीका लागि मुस्कान थापाले सर्वाधिक २६ रन जोडे ।
पोखरा रंगशालामा दुई खेल सञ्चालन हुनेछन् । पहिलो खेल आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ र दोस्रो खेल लुम्बिनी प्रदेश र एपिएफबीच हुने एकेडेमीका क्रिकेट विभाग प्रमुख शक्ति गौचनले बताए ।
विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद सहित मेडल र ट्रफी प्राप्त गर्ने छन् । १५ मंसिरसम्म सञ्चालन हुने प्रतियोगितामा १२ टिमले भाग लिएका छन् ।
Related News
सम्बन्धित समाचार
अन्तरमावि छात्रछात्रा टि–२० क्रिकेट सुरु
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१