पोखरा। संस्कृति बचाऔं, पर्यटन प्रबद्र्धन गरौं भन्ने नारा साथ होटल संघ पोखरा नेपालले तिहारका अवसरमा यही कात्तिक २९ गते १६ औं भाइटिका महोत्सव २०८० आयोजना गर्ने भएको छ । लेकसाइड स्थित होटल ल्याण्डमार्कमा यो महोत्सव हुन लागेको हो ।
संस्कृतिका माध्यमबाट पर्यटन प्रबद्र्धन गर्दै पर्यटन क्षेत्रमा आसा छर्ने उद्धेश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । नेपाली संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गरी स्वदेशी तथा विदेशी पर्यटकहरुविच आपसी भाइचाराको विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली संस्कृतिलाई परिचित गराउने उद्धेश्य पनि महोत्सवले लिएको छ ।
कोभिड १९ लगायत विविध कारण पर्यटन क्षेत्र निकै मारमा परेको भन्दै सुवेदीले पर्यटन पुनरुत्थानमा समेत महोत्सवले सघाउने विश्वास व्यक्त गरे । संस्कृतिको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले महोत्सवलाई निरन्तरता दिइएको महोत्सवका संयोजक एवं संघका सचिव पार्वता पाण्डेले जानकारी दिइन् । महोत्सवमा विभिन्न देशका पर्यटकले भाग लिने र कतिपय दोहोर्याएर समेत टिका लगाउन आउने अपेक्षा गरिएको उनले सुनाइन् ।
यसप्रकारको महोत्सव पोखराका लागि अर्को पर्यटकीय प्रडक्ट बन्दै गएको र यसले पर्यटन प्रवद्र्धनमा पनि सघाउ पुगेको संघले जनाएको छ । साडे दुई बजे सुरु हुने महोत्सवमा उपस्थितिका लागि सम्पूर्ण मिडियाकर्मीलाई संघले हार्दिक अनुरोध समेत गरेको छ । पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र गोर्खा प्रिमियम वियरले महोत्सवलाई सघाउनले छन् ।
Related News
सम्बन्धित समाचार
कानुन निर्माणका लागि सरोकारवालाबीच अन्तक्र्रिया
हाइकर्स क्लब टोली कालाबाङ घरेडीमा
‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’
होमस्टे महासंघको प्रशिक्षक प्रशिक्षण
बाराही जंगल लजले गर्यो निकुञ्ज क्षेत्रमा सरसफाई, ३ ट्याक्टर फोहर संकलन
hero news full width
मुख्य समाचार
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१