नेपालले युएइलाई ३ विकेटले हरायो

आदर्श समाज सम्वाददाता
श्रावण ३, २०८०
cricket (1)

काठमाडौं । एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) को ‘ए’ टोलीलाई तीन विकेटले पराजित गर्दै विजयी भएको छ ।

श्रीलंकाको कोलोम्बोस्थित पि सारा ओभल क्रिकेट मैदानमा आज भएको खेलमा युएईले दिएको एक सय ६८ रनको लक्ष्यलाई नेपालले २३ ओभरमा सात विकेट गुमाउँदै पूरा ग¥यो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७१ रनको योगदान दिए । उनले ४३ बलमा ९ चौका र चार छक्काको मद्दतमा ७१ रनको योगदान दिएका हुन् ।

त्यसैगरी देव खनाल र सन्दिप जोराले समान २४/२४ रनको योगदान दिए । गुल्सन झाले ११ रन जोडे । कप्तान रोहित पौडेलले ९ रन जोडे भने प्रतिश जिसिले अविजित ८ रन बनाए । कुशल मल्ल २ रनमा अविजित रहे ।

बलिङतर्फ युएइका मोहम्मद फाराजुदिन एक्लैले पाँच विकेट लिए भने मुहम्मद जवादुल्लाहले दुई विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४४ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५७ रनको योगफल बनाएको थियो । युएईका लागि लभप्रित सिंहले ८२ बलमा ६ चौका र एक छक्काको मद्दतमा ५२ रनको योगदान दिए ।

त्यस्तै इथान डी सोजाले १८ रन बनाउँदा अस्वस्था भलथापाले १६ तथा आरयान्स शर्माले १४ रन बनाए । बलिङतर्फ नेपालका लागि कुशल भुर्तेल एक्लैले ६ विकेट लिए भने श्याम ढकालले २ विकेट झारे । कुशल मल्ल र पवन सर्राफले समान १/१ विकेट लिए । यसखेलसँगै नेपाल र युएइको ‘ए’ टोली प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • कांग्रेस नेता खगेन्द्रराज रेग्मीको निधन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । नेपाली कांग्रेसका नेता एवं प्रजातन्त्र सेनानी खगेन्द्रराज रेग्मीको मंगलबार बिहान निधन भएको छ । लामो समयदेखि बिरामी रेग्मीको…
  • लियो क्लब चौतारीमा सहनशील

    आदर्श समाज सम्वाददाता वैशाख ३१, २०८१
    पोखरा । लियो क्लब अफ चौतारी पोखरा अध्यक्षमा सहनशील बराल सर्वसम्मत निर्वाचित भएका छन् । क्लबको २५ औं वार्षिक साधारण…
  • टाइगर कपको आयव्यय सार्वजनिक, साढे १८ लाख बचत

    आदर्श समाज सम्वाददाता वैशाख ३१, २०८१
    पोखरा । पोखरामा गत माघमा भएको टाइगर कप भलिबलको आयव्यय सार्वजनिक गरिएको छ । चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय…
  • पहिले छाती नाप्न गल्ला आउँथे, अहिले एजेन्ट

    विजय नेपाल वैशाख ३१, २०८१
    पोखरा ।  केही वर्षअघिसम्म लाहुरे खोज्न गल्लाहरु गाउँगाउँ आउँथे । अहिले एजेन्ट सक्रिय छन् । उनीहरु लाहुरे खोज्न नभई, वैदेशिक…
  • जग्गाधनीले रोके रुपाताल परियोजनाको काम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । रुपाताल संरक्षण परियोजनाको काम स्थानीयले रोकेका छन् । आफ्ना माग सुनुवाई नगरिएको भन्दै काम नै रोकिदिएका हुन् ।…

hero news full width

trending post

ट्रेन्डिङ्ग