यामाहा रेजेड आर १२५ को माइलेज टेस्ट राइड

आदर्श समाज सम्वाददाता
जेठ २२, २०८०
vaw

पोखरा । यामाहा ब्रान्डको यामाहा रे जेड आर १२५ सिसी स्कुटरको माइलेज टेस्ट गरिएको छ । यामाहाको आधिकारिक बिक्रेता भिएडब्लु इन्टरप्राइजेजले टेस्ट राइड आयोजना गरेको हो । कम्पनीले सबैभन्दा उच्च माइलेज दिने स्कुटर दाबी गर्दै आएकोमा ४० जना रे जेड आर १२५ सिसीका ग्राहकहरूलाई पोखरा नयाँबजारदेखि भुर्जुङखोलासम्म २३ किमी राइड आउट गरिएको थियो ।

गण्डकी रेन्बो ट्राउट फर्ममा पुगेर विभिन्न रमाइलो कार्यक्रम गरी भर्खर बिक्री सुरु गर्न लागिएको रे जेड आर हाइब्रिड १२५ सिसी स्कुटरबारे जानकारी दिइएको थियो । एमएडब्लु इन्टरप्राइजेज प्रालिका प्रतिनिधि रिजनल म्यानेजर राम बोगटी विभिन्न आवश्यकता र सवारहरूको प्राथमिकताहरू पूरा गर्न रे जेड आर १२५ हाइब्रिड ४ ट्रिमहरूमा उपलब्ध भएको जानकारी दिए । स्कुटरमा स्टान्डर्ड, डिलक्स, प्रिमियम र प्रिमियम प्लस १४५ एमएमको ग्राउन्ड क्लियरेन्सका साथ ९९ केजीको हलुका, युनिफाइड ब्रेकिङ सिस्टम (युबिएस), साइड स्ट्यान्ड इन्जिन कट अफ र २१ लिटर अन्डर सिट भण्डारणलगायत सुविधा छन् ।

स्टप एन्ड स्टार्ट प्रणालीले छोटो बिसौनीमा इन्जिनलाई स्वत: स्विच अफ गरी मूल्यवान् ऊर्जा बचत गर्नेछ । २३ किमी माइलेज टेस्टमा वसन्त अधिकारी ७८.९० किमी प्रति लिटर माइलेजका साथ प्रथम भएका थिए । अर्जुन पुलामी मगर ७७.७४ किमी प्रति लिटर माइलेजका साथ द्वितीय तथा रामप्रसाद ढकाल ७४.६० किमी प्रति लिटर माइलेजका साथ तृतीय भएका थिए । भिएडब्लु इन्टरप्राइजेज प्रालि नयाँबजारले पोखरा सोरुममा जेठ २१ देखि २६ गतेसम्म यामाहा एक्सचेन्ज शिविर आयोजना गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै