कल्याण शेरचन स्मृति प्रतिष्ठानमा क्या.पूर्णबहादुर

आदर्श समाज सम्वाददाता
जेठ २०, २०८०
kalyan

पोखरा । कल्याण शेरचन स्मृति प्रतिष्ठानको शनिबार १२ औं साधारण सभा तथा पाचौँ अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।

अध्यक्षमा क्याप्टेन पूर्णबहादुर गुरुङ ह्याल्मो सर्वसम्मत निर्वाचित भए । यस्तै, प्रथम उपाध्यक्ष श्रीजंग गुरुङ, द्वितीय उपाध्यक्ष प्रदीप गौचन, सचिव जीवन दाहाल, कोषाध्यक्ष प्रेमराज अधिकारी, सहसचिव ईश्वरी राना र सहकोषाध्यक्ष धर्मा गुरुङ चयन भए ।

सदस्यमा तारापती सुवेदी, तेज केसी, दिलीप गायक, शिवहरि ढुंगाना, तुलसी क्षत्री, विष्णु लामा ह्याल्मो र सरस्वती लामा ह्याल्मो छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width