फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखीकरण

आदर्श समाज सम्वाददाता
जेठ १३, २०८०
green vally (1)

पोखरा । पोखरा १६ को समन्वय एवं आर्थिक सहयोगमा ग्रीन भ्याली बहुउद्देशीय सहकारीको आयोजनामा फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखीकरण गरिएको छ । स्रोतबाट नै फोहोर व्यवस्थापन गर्न, प्रत्येक घर र शैक्षिक संस्थाबाट निस्कने फोहरको उचित विसर्जन गर्न सामग्री वितरण गरिएको थियो ।
सहकारीका अध्यक्ष प्रकाश आचार्यले शैक्षिक संस्था र टोल समुदायले फोहोर वर्गीकरण र व्यवस्थापनको दिगो समाधानका अभ्यास गर्न सके ल्यान्डफिल्ड साइट जाने फोहोर ९० प्रतिशत कम हुने बताए ।
कार्यक्रम संयोजक तथा वडा सदस्य रामचन्द्र आचार्यले सामुदायिक शैक्षिक संस्थाका पूर्वाधार विकासमा सहयोग रहने भन्दै ग्रीन भ्याली रिसाइकल सहकारीको फोहोर व्यवस्थापन प्रयासलाई विस्तार गर्ने प्रतिबद्धता जनाए ।
चण्डिका आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दीप थापाले पोखरा १६ मा वर्गीकृत फोहोर संकलन गर्ने ग्रीन भ्यालीलाई कुहिने र ल्यान्डफिल्ड साइट जाने न्यून फोहोरको ढुवानी जिम्मा पनि दिनसके थप प्रभावकारी हुने धारणा राखे । पोखरा १६ जुम्लेटीस्थित शान्ति माविमा भएको कार्यक्रम सञ्चालन शिक्षक शंकर लामिछानेले गरेका थिए ।
कार्यक्रममा सरसफाई तालिम तथा प्रशिक्षणपछि कुहिने, नकुहिने र अन्य फोहोर राख्न पोखरा १६ का सबै सामुदायिक विद्यालयलाई हरियो, रातो र निलो रंगका ३÷३ वटा डस्टबिन वितरण गरिएको ग्रिन भ्यालीका व्यवस्थापक गोविन्द आचार्यले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । पोखरामा खानेपानी सुधार आयोजनाको काम करिबकरिब अन्तिम चरणमा पुगेको संस्थानले जनाएको छ । पानी परीक्षणको क्रममा रहँदा पनि…
  • गण्डकीका ४ सय ६७ स्थानमा डढेलो   

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    गण्डकी। गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब आठ हजार…
  • फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । दिउँसो करिब ३…
  • ३ पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर   

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    गोरखा ।  नेपाली समाजमा पहिला पहिला गाउँघरमा सूचना दिन कुनै माध्यम नहुँदा घरघरमा सूचना पु¥याउन कटुवाल राख्ने चलन थियो ।…
  • मस्र्याङ्दी जलासयमा मोटरबोट

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    दमौली । मस्र्याङ्दी जलविद्युत् केन्द्रको जलासयमा मोटरबोट सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि आयतबारबाट जलविद्युत् केन्द्रको जलासयमा…

hero news full width