ढोरपाटनका मेयर देवकुमार नेपाली एमाले पार्टीबाट निलम्बित

आदर्श समाज सम्वाददाता
जेठ १०, २०८०
Dhorpatan-mayor

पोखरा । वागलुङ र पोखराका २ सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लागेका  ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई नेकपा एमालेले निलम्बन गरेको छ। मेयर नेपाली एमालेका गण्डकी प्रदेश कमिटी सदस्य थिए ।

प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले प्रदेश कमिटीको कार्यालय बैठकले नेपालीलाई निलम्बन गर्ने निर्णय गरेको जानकारी दिए ।

पोखरा र बागलुङमा इमेज बचत तथा ऋण सहकारी संस्था चलाएका नेपालीले प्रारम्भिक अनुसन्धानमा २ अर्ब अपचलन गरेको भेटिएको छ ।

सहकारीका बागलुङ र पोखराका बचतकर्ताले प्रशासनमा उजुरी दिएको र अध्यक्ष नेपालीलाई अध्यागमन विभागले विदेश यात्रामा रोक लगाएपछि छानबिनका लागि  निलम्बन गरिएको दवाडीले बताए । नेपाली गत आइतबारदेखि सम्पर्कविहीन छन्।

Related News

सम्बन्धित समाचार

hero news full width