‘फेवाको सिमसार नपुर’

आदर्श समाज सम्वाददाता
जेठ ९, २०८०
simsar.

पोखरा । वातावरण संरक्षणका लागि महाअभियान कास्कीले फेवातालको माथिल्लो तटीय क्षेत्रमा सिमसार क्षेत्र पुर्ने गतिविधि रोक्न माग गरेको छ ।

संस्थाका संयोजक रामबहादुर पौडेलसहित नागरिक समाज कास्कीका तर्फबाट संयोजक नरेन्द्रमान लालचनले यस सम्बन्धमा गण्डकी प्रदेशका मुख्यमन्त्रीसमक्ष सोमबार ज्ञापनपत्र बुझाएका छन् ।

तालको माथि क्षेत्र पोखरा वडा १८, २२, २३ र २४ (सेदी, चंखपुर, पामे) का प्राकृतिक सम्पदाका रुपमा रहीआएका हरियाली डाँडा खारेर सिमसार क्षेत्र पुर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यसमा संलग्नलाई कारबाहीको माग समेत गरिएको छ ।

एकातिर जथाभावी डाँडा खारेर प्राकृतिक सम्पदाको विनास पारिँदैछ भने त्यहाँबाट निस्कने ढुंगा, माटो, गेगरलाई तालको सिमसार क्षेत्र पुरेर तालको आयु घटाइएको हुँदा सो कार्य तत्काल रोक्न माग गरिएको छ । २०३१ सालसम्म तालको पानीको भूभाग पामे नजिकैको चंखपुरसम्म फैलिएको स्मरण समेत गराइएको छ ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ताल वरिपरिको डाँडा खार्न रोकी सिमसार क्षेत्रको संरक्षणको विषयलाई तत्कालै कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै