पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्राकृतिक सम्पदा बेवास्ताले ठूलो क्षति बेहर्नुपर्ने बताएका छन् । पोखरामा बुधबारदेखि सुरु भएको ताल सम्मेलनमा उनले प्राकृतिक सम्पदाको संरक्षण सम्वद्र्धन नगर्दा प्रदेश बस्न लायक नहुने तर्क राखे । ‘गण्डकी प्रदेशभर धेरै तालहरु छन् । यिनीहरुको संरक्षण गर्नुपर्ने छ । सँगै बन, जंगल, इको सिस्टम कै संरक्षणमा ध्यान दिनुपर्ने छ,’ उनले भने, ‘यसलाई हामीले संरक्षण र सम्वद्र्धन गरेनौं भने भविष्यमा यसले पार्ने प्राकृतिक प्रकोपले प्रदेश बस्न लायक नहुन सक्छ । त्यसैले हामीले समयमा नै यसबारेमा सोंच्नुपर्छ ।’
प्राकृतिक सम्पदा संरक्षण र सम्वद्र्धनमा लगानी गरेर त्यसलाई के कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारेमा पनि योजना बनाएर अघि बढ्नुपर्ने उनले बताए । ‘हामी सँग यति धेरै जडिबुटी छ । हामीले त्यसलाई बेचेर आन्तरिक आम्दानी गर्न सक्छौं,’ उनले भने ।
फरक प्रसंगमा उनले प्रदेशको बजेट कनिका छरेजस्तो हुन नहुने बताए । ‘हामीले लागनी गरेपछि केही न केही भएपनि आउटपुट आओस्,’ उनले भने, ‘हामीले गरेका कामहरु देखिने, सुनिने, बोलेको हुनप¥यो । हामीले गरेका लगानीबाट जनताले प्रदेश सरकार कहाँ छ भनेर देखिने हुनुप¥यो ।’ आगागी वर्षको बजेटमा सरकार त्यसैमा केन्द्रित हुने उनले बताए ।
सिमित स्रोत साधनलाई मध्यनजर गरेर काम गर्नुपर्ने अवस्था छ । तर, ३ तहको सरकार मिलेर जती सकिन्छ त्यतिमा सहकार्य गर्नुपर्ने उनको भनाई थियो । उनले सम्मेलनको प्रतिवेदन बुझाउन आग्रह गरेका छन् । जसले गर्दा आफूहरुलाई नीति तथा कार्यक्रम बनाउन सहज हुने उनको तर्क थियो ।
कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले एकल प्रयासबाट मात्र तालको संरक्षण सम्भव नभएको बताए । फेवातालको मापदण्डका बारेमा सर्वोच्च अदालतमा मुद्दा रहेको र अबको केही दिनमा फैसला आउने भन्दै उनले फैसला आए लगत्तै मापदण्ड कार्यान्वयन गर्ने उनको भनाइ थियो । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले विकासका नाममा विनास भइरहेको भन्दै पर्यावरण जोगाउँदै विकास निर्माणलाई अगाडि बढाउन आफूहरु लागीपरेको भनाइ राखे ।
३ दिनसम्म चल्ने कार्यक्रममा काठमाडौं विश्वविद्यालयकी डा. रामदेवी तमाचो साह र लिबर्डका सल्लाहकार डा. बलराम थापाले विषयगत वक्ताका रुपमा भनाइ राखेका थिए । विज्ञहरुले संरक्षणका लागि कार्ययोजना बनाए पनि सरकारी संयन्त्रसँग नजोडिँदा समस्या आएको उनीहरुको भनाइ थियो । ताल संरक्षण तथा विकास प्राधिकरणका कार्यकारी निर्देशक डा. कल्पना देवकोटाले प्राधिकरणको कामका साथै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारिन् । वन विज्ञान अध्ययन संस्थान पोखराका प्रमुख प्राध्यापक विनोदप्रसाद हेज्यूले तालको संरक्षण केबल पानीसँग मात्र जोडिएको नभए पारिस्थितिक प्रणालाीसँग जोडिएको भनाइ राखे ।
ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी, वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस, काठमाडौं विश्वविद्यालय र एक्युटिक इकोलोजी सेन्टरले संयुक्तरुपमा आयोजन गरेको कार्यक्रमका लागि रामसार क्षेत्रीय केन्द्र, पूर्वी एसियाको सहयोग छ ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१